पर्सा प्रहरीले पायो अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार

काठमाडौं । पछिल्लो समय वीरगञ्ज, पर्सा लगायतका क्षेत्रमा कोरोना संक्रमितको संख्यामा अत्याधिक बृद्दि भइरहेको छ ।

सँगैमा संक्रमितहरुको आइसोलेसन वार्डबाट भान थालेका खबर पनि सार्वजनिक भइरहको छ ।

यस्तोमा पर्सा प्रहरीले अब कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे गोली चलाउन पाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले आइसोलेसनबाट कोही भागे गोलि चलाउन सक्ने अधिकार प्रहरीलाई दिएको हो ।

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस