क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीन जना पक्राउ

काठमाडौं :- पश्चिम परासीमा क्वारेन्टाइनबाट भाग्दाभाग्दै गरेको अवस्थामा ३ जना समातिएका छन् ।

रामग्राम नगरपालिकाले आदर्श माध्यामिक बिद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार साँझ भाग्ने कोशिस गरेका थिए ।

ग्रिल नभएको झ्यालमा तन्ना बांधेर उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले बताए ।

भाग्न खोज्नेहरू तीन दिन अघि भारतबाट आएका स्थानीय हुन् । क्वारेन्टाइनमा अहिले ४९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस