न पेन्सन आउँनु न उपदान जान बुझ जोखिम मोल्नु हामी अपरेटर आफ्नै कमजोरी त हैन? विश्वकर्मा

काठमाडौ- कोरोना महामारीले उग्र रुप लिन बाट रोक्न सरकारले नेपालको सबै क्षेत्रहरू बन्दाबन्दी घोषणा गरी सबै ठाउँ ठप्प हुदा ताप्लेजुङमा २७ वर्षीय अपरेटर चित्र कुमार गुरुङको दुखद निधन भएको विषयमा भत्सर्ना गर्दै डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका अध्यक्ष तथा अपरेटर्स भिजन कर्पोरेसनका अभियान्ता टि.बी विश्वकर्मा ‘हिमाल’ ले न पेल्सन आउनु न उपदान मिल्नु कुकुर बिरालो जस्तो ज्यान गुमाइ परिवारको बिचल्ली भएको बताउनु भएको छ।
विश्वकर्माले सम्वृद्ध देश बन्न विकासका पुर्वाधारहरु चरम उत्कर्षमा पुग्नु पर्छ।चरम उत्कर्षमा पुर्वाधार पुग्न बिकाश निर्माणकार्यले तिब्र गति लिनु आवश्यक हुन्छ। तिब्र निर्माणकार्य सम्म्पन्न गराउन दक्षजनशक्ति परिचालन गर्ने गरिन्छ। वडा सदस्य देखि मन्त्री , प्रधानमन्त्री र राष्ट्रपति सम्मले राम्रो संग डोजरलाई चिनेका र जानेका हुन्छ्न। डोजर न चलेको कुनै नगरपालिका गाउपालिका र वडा हुदैन। बिकास निर्माणको अग्रपंक्तिमा अहम भुमिका निर्वाह गर्ने एक मात्रै दक्ष जनशक्ति छ। त्यो हो डोजर अपरेटर जस्ले जिवनको कुनै प्रवाह न गरि ठूलो ठूलो जोखिमहरु मोल्दछ। यस्ता जोखिम पुर्ण काममा ज्यान गुमउन पुग्ने हरुलाई बिमाको पाँच लाख दिएर टार्नु अन्यायपूर्ण रहेको बताउनु भयो। सरकार जनप्रतिनिधि र ठेकेदार मिली अकालमा कुकुर बिरालोको जस्तो मृत्यु बेहोर्याइ गरीवको झुपडीलाई टुहुरा बनाइ रहेको आरोप समेत लगाउनु भयो।

देश विकास निर्माणमा खटिने डोजरअपरेटर लाई घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताउनु लज्जास्पद कुरा हो। र अझ त्यो भन्दा नि दु:खद कुरो त मुटु थरथर कमाउदै कति खेर के हुन्छ भन्दै त्रासमा बगाएको रगत पसिना र परिश्रमको मूल्य न दिएर थर्काउदै झुलाउदै अपरेटरको पैसा पचाउने मालिक र ठेकेदारको अचरणले दिन पर्तिदिन उग्ररुप लिन थालेकोमा आपत्ती जनाउदै अब डोजर अपरेटरको अस्तित्व जोगाउन सबै अपरेटर सरकार समक्ष जानपर्ने आवश्यक रहेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस