स्वास्थ्य मन्त्रालयको सुचना त्रुटिपूर्ण, संक्रमितको संख्या २४५ नै

काठमाडौं :- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा कोरोना संकमित पुष्टिको विवरण त्रुटिपूर्ण रहेको पाइएको छ। आज बिहान ७ः४५ बजे मन्त्रालयले निकालेको विवरणमा धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ जनामा संक्रमण पुष्टि गरेको विवरण त्रुटिपूर्ण पाहिएको छ ।

धनुषामा, महोत्तरीमा र सर्लाही जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सुचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।

आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सुचना त्रुटिपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस