थप २४ जना कोरोना संक्रमण,संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौँ :- नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।

मन्त्रालयकाअनुसार रुपन्देहीमा ९ पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष, १ महिला र नवलपरासीमा १ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्रै ८३ जनामा कोरानो संक्रमण रहेको पुष्टि भएको थियो ।

हालसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म पिसिआर विधि १८ हजार ९ सय ९० जनामा कोरोना परिक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस