भारतीय विस्तारवादको विरोध गर्दा दाङमा विद्यार्थी नेताहरु प्रहरी नियन्त्रणमा

दाङ :- भारतले नेपाली भुमी लिपुलेक हुदै मानसरोवर जोड्ने बाटो बानाएको तथा नेपाली भुमि कालापानी लिपुलेक लिम्पियाधुरा कब्जा गरेको बिरोधमा अनेरास्ववियू जनता क्याम्पसको आयोजनामा गरिएको विरोध कार्यक्रममा अनेरास्ववियु दाङका सह संयोजक सर्जन परियार,विद्यार्थी नेता विराज डिसी,गणेश खड्का,राहुल ऐर,विमल बुढा लगाएतका विद्यार्थी हरुलाई प्रहरिले धरपकड तथा नियन्त्रणमा लिएको थियो ।

उक्त आन्दोलनमा विद्यार्थीहरु बाट सामाजिक दुरी कायम गरि भारतिय हस्तक्षेप मुर्दावाद, नेपाल सरकार जिन्दावाद, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमी हो, भारतीय सेना फिर्ता जाउ, नेपाली भूमि मिच्न पाइदैन, भारतीय विस्तारबाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए।

विद्यार्थी नेता सर्जन परियारले सामाजिक दुरि कायम गर्दै व्यापार व्यवसाय गर्न चाहि चुट दिने तर सामाजिक दुरी कायम गरि देश र राष्ट्रियताको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्न नपाउने कुरा सरासर गलत भएको बताएको थिए । नियन्त्रणमा लिएका विद्यार्थी नेता राति नै रिहा गरिएको छ।

प्रतिक्रिया दिनुहोस