बाटोमा बुरुक्क उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं  :- प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने बताएका छन् ।

बैठमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएका थिए ।

सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस