मुड्केचुला क्वारेनटाईनका ६२ जनाकाे आरडिटि रिपाेर्ड नेगेटिभ

डोल्पा : डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा क्वारेन्टाइनमा रहेका ६२ जनाको आरडीटी रिर्पोट नेगेटिभ आएको छ । १४ दिन क्वारेन्टाइन बसेपछि कोरोना सङक्रमण भए नभएको जानकारी लिन काे लागि मुड्केचुला गाउँपालिकामा ६२ जनाको आरडीटी जाँच गरिएको र सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे गाउपालिकाले जनाएकाे छ ।

गाउँपालिकामा संक्रमणको जोखिम बढ्न नदिन अर्को गाउँपालिकाबाट प्रवेश गर्ने त्रिवेणी र ओक्टकाे गारापारी मा स्वास्थ कर्मि सहित सुरक्षा कर्मि राखिएकाे गाउपालिका कि उपाअध्यक्ष सविता कुमारी राेकायाले बताईन । काेभिड -१९ काे संक्रमणबाट वचन सबै वडाहरु का स्थानियहरुलाई आवतजावत मा बन्देज लगाएकाे पनि उपाअध्यक्ष राेकायाले बताईन । गाउपालिकाले जिल्ला बाहिर रहेका सबैलाई राहात स्वरुप प्रत्यकलाई पहिलाे पटक रु ३ हजार र दाेस्राे पटक ५ हजारका दरले रकम पठाएकाे तर अन्य स्थानियतहरु संग आएका व्यक्तिहरुलाई १४ दिन क्वारेनटाईनमा राखि आरडिटि परिक्षण गरिएकाे पनि उपाअध्यक्ष राेकायाकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस