गगनको प्रश्न : रक्षामन्त्री कालापानी तीर्थयात्रा जानुभएको हो ?

काठमाडौं :- नेपाली कांग्रेसका युवा नेता एमं सांसद गगन थापाले केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा भएको भ्रमणमाथि प्रश्न उठाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भारतले नेपाली भू-भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका हुन्।

‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम गर्यो ?’

प्रतिक्रिया दिनुहोस