संकास्पद ११ जनाकाे स्वाब पिसिआर परिक्षणकाे लागि सुर्खेत पठाईयाे

डोल्पा :- डाेल्पा जिल्लाका विभिन्न ठाउहरुबाट संकास्पद ११ जनाकाे व्यक्तिहरुकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि सुर्खेत पठाईएकाे जिल्ला प्रशासन कार्यलय डाेल्पाले जनाएकाे छ । त्रिपुरा सुन्दरी नगरपालिका ७ पाहाडाकाे कस्तुरी आधारभुत विधालय काे क्वारेनटाईनमा रहेका एक ६४ बर्षिया पुरुषमा स्थानिय स्वास्थ कर्मीले आरडिटि परिक्षण गर्दा पाेजेटिभ देखिएकाे थियाे भने शुक्रबार साझ जिल्ला स्वास्थ कार्यलय काे टाेली कीट सहित उक्त स्थानमा पुगी परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ देखिएकाे थियाे ।

शनिबार पाहाडाका संकास्पद ६४ बर्षिया पुरुष सहित ३ जना, त्यस्तै ठुलिभेरी नगरपालिकाकाे जुफालबाट ५ जना,दुनै बाट ३ जना गरि जम्मा संकास्पद ११ जना व्यक्तिहरुकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गरि सुर्खेत पठाईएकाे प्रमुख जिल्ला अधिकारी शुरेर सुनारले जानकारी दिए ।

शनिबार नै हेलिकप्टर द्वारा स्वाब सुर्खेत पाइएकाेले पिसिआर रिपाेर्ट आईतबार साझ सम्म    आउने प्रजिअ सुनारले नेपालयन खबरलाई बताए ।
अहिले सबै क्वारेनटाइनमा सुरक्षित तरिकाले बसेकाे र संकास्पद भएर मात्र पिसिआरकाे लागि सुर्खेत पठाईएकाे यश बाट आतंकित नहुन प्रजिअ सुनारले आग्रह गरेका छन ।

यस्तै ठुलिभेरीकाे जुफाल बाट ५ र दुनै बाट ३ जना संकास्पद ब्यक्तिहरुकाे स्वाब पिसिआर परिक्षणकाे लागि पठाईएकाे र सबैकाे स्वास्थ अवस्था सामान्य रहेकाे ठुलिभेरी नगरपालिका कि काभिड-१९ सुचना अधिकारी दिलमाया केसि ले जानकारी दिईन । डाेल्पाका सबै संकास्पद व्यक्तिहरु जिल्ला बाहिरका विभिन्न शहरहरुबाट आएका जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस