भारतले निर्माण गरेको विवादित सडक यस्तो छ (फोटो फिचर)

काठमाडौं :-
भारतले तवाघाट लिपुलेक सडक भनेर नामाङ्कन दिएर तीब्रगतिमा ९५ किमी सडक निर्माण सम्पन्न गरि उद्घाटन गरेको हो । जसमा करिब ७० किमी सडक कालापानी लिपुलेक पर्न आउछ (नेपाल भित्र) -यो सरकार निर्माण पछि भारतले आफूलाई झन सजिलो भएको थुप्रै प्रमाणहरु छ्न ।

किनभने पछिल्लो केपी सरकारको पालामा त्रिदेशीय लिम्पियाधुरा मात्रै होइन, लिपुलेक जुन नेपाल – चीन दुई देशीय सीमा लाई भारत -चीन सीमा भनि मोदी-सी बार्ताको सहमति अनुरुप अघि बढिसकेका थियाे !
दार्चुलाका स्थापित पत्रकार Shankar Dhami जी ले धेरै पटक गृहमन्त्री र नेपाल सरकारलाई BoP कहिले पठाउने भनि लेखिसकेका थिए ! तर, नेपाल सरकार मौन रहेर भारतीय कार्यको स्वीकृति दिईरह्यो – अनि के जाति मन्त्रीसहितले हेलि शयरको पनि निक्कै चर्चा परिचर्चा भयो । दासहरुले कालापानी पुगेर आए भनि गोयबोल्स बोली बोलेको र यो कानले सुनेको धेरै भएको छैन !

कश्मीरलाई अधिनस्थ गरि सकेपछि जारी गरेको नक्सामा यो प्रस्ट थियो कि भारतले काम गर्दैछ र सम्पन्न उन्मुख छ । यता युवा बिद्यार्थीहरुले बिरोध गरे । सांसदहरु भीम रावल, रामकुमारी झाँक्रीलगायतले आवाज उठाउनु भयो केवल नक्सा त निकाल्नुस् भन्दा सरकार प्रमुख जवाफ र भनाई युटुव र पत्रपत्रिका तिर यत्रतत्रसर्वत्र छ्न !

त्यसकारण के बोल्ने भन्ने र कस्लाई मूर्दावाद भन्ने दोधार हुँदै केही तस्बिरहरु यो सडक खण्डका प्रस्तुत गरे पुनश्च यो जादुको छ्डीले रातारात सम्पन भएको होइन, यस्मा घट्टा बगडदेखि लिपुलेखसम्म ४०८ करोड भारु(साँढे ६ अर्ब नेरू-साँघु) धनराशी खर्च भएको हो भने इन्जीनियरसहित १० जनाको मृत्यु भएको पनि छ ! ! शत्रुभन्दा आपनै कटक भएर निस्केको उपज हो !

प्रतिक्रिया दिनुहोस