भारतद्धारा नेपाली भूमि मिचिएको बिरोधमा उत्रिए अनेरास्ववियूका नेता – मंडल

काठमाडौँ :- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेता आदर्श मंडल छिमेकी मुलुक भारतीय विस्तारवादको विरुद्धमा चुप लागेर वस्न नसक्ने बताउनुभएको छ । हामीलाई बाध्य नगर्नुहोस् हामी सडक तताउने हरेक पल तयार हुन्छु ।

पटक पटक नेपालको सीमा मिच्ने तथा सीमामा आफ्नो सेना राखी नेपाल र नेपाली जनताको विरुद्धमा निरन्तर लागिरहेकाले त्यसको विरुद्धमा कडा रुपमा आक्रोस व्यक्त गर्नुभएको छ । नेपालको एक इच्च भूमि पनि नदिने तथा उसको पनि एक इन्च भूमि नेपालले नलिने उद्घोष गरी निरन्तर रुपमा नेपाली भूमिको रक्षाका निम्ती आवाज बुलन्द गर्नुहुने संयोजक महरले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको भएको पुनः दोहोर्याउनु भएको छ । नेपालको कुनै पनि आन्तरिक इष्यु र जमिनमाथि धावा बोल्ने भारतीय विस्तारवाद विरुद्धमा कुनै पनि कदम चालन बाध्य हुने विद्यार्थी नेता मंडल चेतावनी दिनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ,
खुला सिमानाको अर्थ त यो भएन नि कि सिमा मिच्ने पाइन्छ । रोटीबेटीको सम्बन्धको कारण सिमा खुला छ्न। भारतीय विस्तारवाद मुर्दावाद ।।

नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ। कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

प्रतिक्रिया दिनुहोस