डाेल्पामा एक जना पुरुषमा आरडिटि रिपाेर्ट पाेजिटिभ पिसिआर काे लागि स्वाब सुर्खेत पठाईने

डाेल्पा : आरडिटि परिक्षण गर्दा एक जनाको रिपोट पाेजेटिभ देखिएकाे छ । त्रिपूरा सुन्दरी नगुरपालिका ७ को कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टिनमा बसेका ६४ बर्षिका एक जनामा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएको हो । क्वारेन्टिनमा ३६ जनाको परिक्षण गर्दा उनको परिक्षण पोजेटिभ आएपछि उक्त क्वारेन्टिनमा रहेका ३६ जना सबै बिशेष सुरक्षाका साथ राखिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारि दिनु भयाे ।

संकास्पद भए पनि प्रमाणित नभएकोले डराउन र हत्तोसाहित नहुन प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले अाग्रह गरेका छन। संकास्पद व्यक्तिकाे थप परिक्षणको लागि जिल्लाबाट डाक्टर रमेश रोक्का सहित ल्याबको टोली हिडेको र जिल्ला अस्पतालमा रहेको आरडिटि किडले पनि पुन परिक्षण गरिने प्रजिअ सुनारले बताए ।

स्वास्थ्यकर्मिको टोलीले परिक्षणका क्रममा पोजेटिभ देखाएकोले उनको स्वाब भोली नै प्रदेशबाट हेलीकप्टरबाट पिसिआर परिक्षणको लागि लैजाने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताए ।सरकारले नागरिक उद्धार क्रममा डोल्पाका स्थानीयतहले नागरिक ल्याउने क्रममा उनि पनि डोल्पा आएका थिए । आउने बित्तिकै उनि क्वारेन्टिनमा बसेका थिए । उनको आरडिटि रिपोट पोजेटिभ आएपनि उनिमा अरु कुनै पनि लक्षण नदेखिएकाे बताईएकाे छ ।

आरडिटि परिक्षणको रिपोट पाेजेटिभ आएसँगै जिल्लामा सुरक्षा कडाइ गरिएको छ भने आधिकारीक रिपोट जिल्लाबाट गएको डाक्टरको टोलीले दिने र उनको स्वाव पिसिआर परिक्षणका लागि सुर्खेत पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारि दिए।
आरडिटि रिपोट पााेजेटिभ आएसँगै नागरिकहरु त्रसित भएका छन । तर जिल्ला प्रशासन र स्वास्थ्यकर्मिले सजक रहन तर नआत्तिन आग्रह गरेका छन ।

उनि नेपालगञ्जमा केहि महिना बसेर डोल्पा आएका हुन । हाल डोल्पामा ७ सय भन्दा धेरै क्वारेन्टिनमा रहेका छन । स्थानीय सरकारले ल्याएका आरडिटि किड बिश्व स्वास्थ्य सँगठनबाट प्रमाणित हो कि हैन भन्ने कुरा भने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस