जेष्ठ नागरिकको सहयोगमा जुटे तुलसीपुरका सामाजिक संघसंस्था

दाङ :- तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाबाट सयौं जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता ल्याउन बैंकमा आउन थालेपछि केही दिनदेखी तुलसीपुर क्षेत्रका बैंकहरुमा भिडभाड बढेको छ। विश्व महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि सरकारले अहिले देशमा बन्दाबन्दी जारी गरेको छ।तर,यसरी भिडभाड बढ्दै जादा कोरोना भाइरसको जोखिम बढ्दै जांदा तुलसीपुर क्षेत्रमा क्रियासिल सामाजिक संघसंस्थाले सामाजिक दुरि कायम राख्दै भिडभाड व्यवस्थापनमा जुटेका छन्।

यस्तैमा बुधबार लायन्स क्लब अफ दाङ तुलसीपुर र लियो क्ल्ब अफ दाङ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं १४ र १५ बाट सामाजिक सुरक्षा भत्ता निकाल्न सिभिल बैंक तुलसीपुरमा आएका सयौं जेष्ठ नागरिकलाई आवश्यक सहयोग संगै कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा जनचेतना समेत दिइएको थियो।

लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञ बहादुर के.सी.को अगुवाइमा भएको कार्यक्रममा लायन्सका उपाध्यक्ष गणेश अधिकारी,सदस्य नरेशराज भण्डारी, पुर्व अध्यक्ष विमल रिजाल,लियो क्लब अफ दाङका प्रथम उपाध्यक्ष शिव पुन ,द्वितीय उपाध्यक्ष राजेन्द्र महतरा,सचीव सन्तोष के.सी.,सदस्य प्रकाश न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस