दंङीशरणमा सहकर्मी समाजबाट राहत

दाङ :-बिश्व कोरोनाको कारण आक्रान्त भैरहेको बेला दङ्गिशरण गाउंपालिकामा सहकर्मी समाज सुर्खेतले किसानहरुलाइ धानको विउ उपलब्ध गराएको छ । लामो बन्दाबन्दीले गर्दा श्रम गरेर खाने किसान हरुलाइ समस्या पर्ने देखिय पछि सामाजिक उत्तरदायित्व निर्बाह गर्ने क्रममा सस्थाले आफ्नो कोशेली कार्यक्रम अन्तर्गत गाउपालिका भित्रका ७ वटै वार्ड्मा रहेका अति बिपन्न किसान हरुको लागी ३ लाख १ हजार ६ सय मुल्य बराबरको धानको बिउ गाउँपालिका भित्रका ४ सय २४ घरपरिवारलाइ उपलब्ध गराएको सहकर्मी समाज दाङका टिम लिडर पुनाराम पन्थिले जानकारी दिय ।

बिगत ३ बर्षदेखी दंगीशरण गाउँपालिकामा रहेका प्रत्येक वार्ड्का बिपन्न बस्तीहरुमा “कोशेली” कार्यक्रम संचालन गदै आएको सहकर्मी समाज सुर्खेतले कोरोना महामारिले बिपन्न बर्गलाइ खेती गर्न धानको बिउ सहज बनाउने उदेश्यका साथ हाललाइ धानको बिउ गाउपालिका संगको समन्वयमा उपलब्ध गराएको पन्थिले बताए । यसै गरि बैशाख २४ गते १ लाख २० हजार बराबरको धानको बीउ गढवा र राजपुर गाउँपालिका क्षेत्रमा स्थानिय गाउपालिकाको समन्वयमा दक्षिण देउखुरी अधिकार मन्चबाट बितरण गरिदै छ ।

समाजले दंङीशरण गाउपालिका भित्र न्युनतम २ देखि अधिकतम १० कट्ठा सम्म जग्गा भएका, अंधिया गरि खाने साना किसान तथा दैनिक ज्याला कमाउने दलित, जनजाति र बिपन्न घरपरिवार छ्नोट गरि प्रती कट्ठा २ किलोका दरले ४२४ घरलाई कम्तिमा १ सय ३० बिघा जग्गामा खेती गर्न पुग्ने गरि ५२ क्विन्टल धानको बिउ बितरण गरिएको हो ।

राहतका लागि समुहले छनोट गरि सिफारिस गरेका मानिसहरुलाई गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा खड्का तथा सम्बन्धित वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कृषि शाखा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र सहकर्मी समाजका सहजकर्ताहरुले ७ वटै वडाका बस्तीहरुमा पुगेर बीउ बितरण गरेका थिए।
राहत बितरण वडा नं १ मा ७६ घर, वडा नं २ मा ३६ घर, वडा नं ३ मा ५०, वडा नं ४ मा ५५ घर, वडा नं ५ मा ६९ नं घर, वडा नं ६ मा ५७ घर र वडा नं ७ मा ८१ घर गरि जम्मा ४ सय २४ घरलाई राहत स्वरुप हाललाइ धानको बीउ उपलब्ध गराइएको सस्थाकी सामाजिक परिचालिका भिस्मा बस्नेतले जानकारी दिइन ।

यस अघि दंगीशरण गाउँपालिकाले दुई चरणमा चामल, दाल र तेल समस्यामा रहेका नागरिकहरुलाइ बितरण गरिसकेको छ । अब खेतीपातिको लगाउने सिजन आएकोले साना किसानलाई खाद्यान्न बीउ सहयोग गर्न उपयोगी हुने पालिकाको सुझाव र समुदायको मागलाई संबोधन गर्दै धानको बीउ बितरण गरि सहयोग पुराएकोमा दङ्गिशरण गाउपालिका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा खड्का र बिपन्न बर्गका किसानहरुले सहकर्मी समाजलाई धन्यवाद समेत दिएका थिए ।

सस्थाले दङीशरण गाउपालिका भित्र रहेका ७ वटै वडाका बिपन्न बस्तीहरुमा ५२ वटा सामुदायिक समूह र वडा स्तरमा ७ वटा मुल समिति गठन गरेर काम गर्दै आएको सहकर्मी समाज सुर्खेतले दंगीशरण गाउपालिकामा बिगत ३ बर्ष देखि बिकास कोष नर्बेको आर्थिक सहयोगमा “कोशेली” कार्यक्रम संचालन गर्दै आएको छ भने दाङकै गढवा, राजपुर, बंगलाचुली र घोराही-१९ मा बिगत १३ बर्ष देखि समुदायको रुपान्तरणका लागि कार्यरत रहेको छ।

प्रतिक्रिया दिनुहोस