हजुरको रेडियो रामेछापबाट आज देखि जेठ १५ सम्म एसईई तयारी सहयोगी कक्षा प्रसारण हुँदै

रामेछाप – रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियोबाट आज देखि दूर शिक्षा पद्धतिद्धारा एसईई परीक्षा सहयोगी शिक्षा रेडियो कार्यक्रम सुरु हुने भएको छ । कोरोना भाइरसको कारण माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा स्थगित भएपछि बिध्यार्थि हरु मारमा परेका छन ।त्यसै सन्दर्भमा अाज देखि हजुरको रेडियो रामेछापबाट कार्यक्रम हरेक दिन दिउँसो ३ बजे देखी ५ बजे सम्म प्रसारण हुनेछ । रेडियोले स्थानीय तह तथा अन्य संघसंस्थाहरुको साझेदारीमा कार्यक्रम प्रशारण गर्न लागेको हो ।

नेपाली,अंग्रेजी, गणित,विज्ञान तथा सामाजीक विषयको शैक्षिक सामग्री तयार पारी रेडियोवाट प्रशारण गरिने छ । एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम आजदेखि जेष्ठ १५ गतेसम्म पहिलो चरणमा रेडियोबाट प्रशारण हुने छ । भने कार्यक्रम छिमेकी जिल्लाका केही रेडियो स्टेशनबाट पनि प्रशारण हुने छ । एसईई तयारी सहयोगी कक्षा कार्यक्रम प्रसारण हुने भएकाले हजुरको रेडियोको अपराह्रन्न ४ बजेको रामेछाप खबर अब साँझ ५ बजे प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस