बागेश्वरी मन्दिरमा अवस्थित धर्मगुरुको रिपोर्ट नेगेटिभ

बाँके :- बाँकेको नरैनापुर र नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सङकलन गरिएको धर्मगुरुको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नरैनापुरबाट ३१ मौलाना र सात पुजारीसहित ५६ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरबाट पुजारीसहित ४० र मेडिकल कलेजबाट तीन जनाको स्वाब परीक्षण गरिएकामा सबै नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब शनिबार सङ्कलित ९० जनाको स्वाब रिपोर्ट आउन बाँकी छ । यसमा कोरोना सङ्क्रमित व्यक्तिका घरपरिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिसमेत छन् ।

Khagedra-72

Untitled-1

add

प्रतिक्रिया दिनुहोस