लकडाउनको मौका छोपेर चुरे खहरे खोलाको उत्खनन, निजगढ नगरपालिका मुखदर्शक

निजगढ :- लकडाउनको मौका छोपेर बाराको निजगढ नगरपालिका १० लालस्थित चुरे क्षेत्रमा पर्ने लाल खोलाबाट गिटी बालुवा उत्खनन तिव्र पारिएपनि निजगढ नगरपालिका मुखदर्शक बनेको छ । सडक निर्माण गर्न भन्दै नेपाल सरकारको नियमलाई मिचेर चुरेको लाल खोला दोहन भएको पाइएपनि नगरपालिकालाई जानकारी समेत नहुनले निजगढ नगरपालिका मुखदर्शक बनेको देखिन्छ ।

प्रस्तावित तामागढी–अमलेखगंज सडक खण्ड अन्तरत तामागढीबाट लालसम्मको सडक निमार्णको लागि नेपालगंजको भैरव—नारायण—ज्ञानेश निर्माण जेभि कम्पनीले खहरेमा एक्साभेटर प्रयोग गरेर २ दिनदेखि उत्खनन गर्दै आएपनि यस नगरपालिकाका नगरप्रमुख सुरेश खनालले आफुलाई यसबारेमा जानकारी नै नभएको गैरजिमेवार जवाफ दिनुभएको छ ।

निजगढ नगरपालिकाका नगरप्रमुख खनालले चुरेको सम्वेदनशिलतालाई मध्येनजर गर्दै आईईई रिर्पोट समेत स्वीकृत नभएको अवस्थामा आफ्नै नगरभित्र भइरहेको उत्खनन बारे जानकारी नभएको भनेर जानकारी दिनुभयो । उहाँकै भनाई अनुसार नगरपालिकालाई जानकारी दिई स्विकृती लिएर पालिकाको प्राविधिक टोलीको स्विकृतीमा मात्र उत्खन्न गर्न पाउनु पर्ने हो ।

तर यहाँ न प्राविधिक स्विकृतीको कुरा पछि नगरपालिकालाई समेत जानकारी नभईरहदा समेत नगरप्रमुख मौन बसेको वा झुटो बिबरण दिनुभएको देखिन्छ । यस बारे नगरप्रमुख खनाललाई जानकारी गराउदा समेत उहाँले आफु खोला उत्खन्न कार्य तत्काल रोक्ने नभनि यसबारे ठेकेदारसंग रायसल्लाह लिने गौरजिमेवार जवाफ दिनुभयो ।

यता निजगढ नगरपालिका, वडा कार्यालयसंगको मौखिक सहमतिमा नदीजन्य वस्तु उत्खनन गरिएको नेपालगंजको भैरव—नारायण—ज्ञानेश निर्माण जेभि कम्पनीले ठेकेदार शिव प्रसाद चौलागाईले बताउनुभयो ।

सडक कार्यालयसंग ठेक्का संझौता हुनु अगाबै कम्पनीले लकडाउनको मौका पारेर अवैध उत्खननबाट निर्माण कार्य शुरु गरेको देखिएको छ । डिभिजन सडक कार्यालय हेटौडाबाट कम्पनीको नाममा ठेक्का स्वीकृत भैसकेको भएपनि अझैसम्म संझौता भने भएको छैन । कम्पनीले मंगलबार साझदेखि २ वडा एक्साभेटर, २ लोडर र ५ वटा टिपरको प्रयोगबाट उत्खनन गर्दै आएको छ । त्यसैगरी सडक निर्माण कार्यमा २ डोजर, १ रोलर र थप २ स्काभेटर पनि प्रयोगमा छन ।

लकडाउनका कारण नगरका अन्य विकास निर्मााणका कार्यसमेत ठप्प बनेको अवस्थामा नगरपालिकाकै सहमतिमा उत्खनन गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन । निजगढस्थित पूर्व—पश्चिम राजमार्गदेखि रतनपुरीको लालसम्म ५.५ किलोमिटर सडक निर्माणकोलागि कम्पनीले गत वैशाख १३ गते ५ करोड ५८ लाख ९८ हजार २३० रुपैयामा ठेक्का पाएको थियो तर ठेक्काको सम्झौता भने भई नसकेको सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख सुमन योगेशले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस