ओलीको ललिपपमा भुले बामदेव, प्रधानमन्त्रीको प्रस्ताव पछि प्रचण्ड–नेपालको समूह त्यागे

काठमाडौं–नेकपा उपाध्यक्ष वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूह त्यागेका छन् । प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि गौतमले प्रचण्ड–नेपालको साथ छाडेका हुन्।

शुक्रबार कोटेश्वरस्थित माधव नेपालको निवास बसेको बैठकमा गौतम सहभागी भएनन् । शनिबार बस्ने नेकपाको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने कोटेश्वरमा प्रचण्ड–नेपाल समूहको बैठक बसेको थियो । तर, गौतम उपस्थित भएनन् । गौतम नआएपछि उनले प्रधानमन्त्री ओलीलाई साथ दिएको निष्कर्ष संस्थापनइतर समूहले निकालेको छ ।

ओलीले अकस्मात् ल्याएको प्रस्तावले नेकपाभित्रको शक्ति समीकरण पुनः फेरिएको छ । वामदेव गौतम अहिले आफ्ना विश्वासपात्रसँग परामर्शमा जुटेका छन् । यसले ओली समूह उत्साही भएको छ ।

प्रतिक्रिया दिनुहोस