स्वस्थ स्वयंसेविकाद्वारा क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा वितरण

डाेल्पा :- डाेल्पा जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकाकी एक महिला स्वास्थ स्वयं सेविकाले क्वारेन्टाइनमा बसेकाहरुलाई नास्ता खुवाउनु भएकाे छ ।त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुरा माद्यामिक विद्यालय काटिंयाचाैरमा स्थापना गरिएकाे क्वारेन्टाइनमा बसेका ३६ जनालाई मनकारी महिला स्वास्थ्य स्वयंसेविका दुर्गादेवी न्याैपानेले एक दिनका लागि पुरी र तरकारी सहितकाे नास्ता खुवाउनु भएकाे हाे ।

विश्व अहिले काेराेना भाइरस अर्थात काेभिड-१९ काे महामारीकाे संकटमा गुर्जिरहेकाे बेला काठमाडौं नेपालगन्ज पाेखरा र सुर्खेत लगायतका ठाउँहरुवाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका ३६ जना र मस्टाभवानी आधारभुत विद्यालयमा रहेका १६ गरि ५२ जनालाई केही रुपमा राहत हाेस भनेर मानवीयताकाे आभास जागृत गर्न नास्ता खुवाएकाे स्वयंसेविका न्याैपानेले बताउनु भयाे । क्वारेन्टाइनमा राखिएका सन्ताेष सार्कीले एक स्वयंसेविकाले  आफ्नाे दिलबाटै सहयाेग गर्न चाहेर आफु जस्तै तिन चार दिनकाे भाेकभाेकै गाडि यात्रा गरेर  आएका विपतमा परेका नागरिकलाई नास्ता खुवाएर ठुलाे पाठ सिकाएकाे बताउनु भयाे ।

त्रिपुरासुन्दरी नगरपालिका १ का वडाअध्यक्ष कर्मसिँ थापाले स्वास्थ्य स्वयंसेविकाले निश्वार्थरुपमा गरेकाे सहयाेगले नेपालीमा जस्ताेसुकै संकटमा पनि मानिसहरुमा सहयाेगी भावना हुदाे रहेछ भन्ने प्रस्ट्याएकाे बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस