महामारीको बेलामा यो कस्तो राजनीति

काठमाडौं :- बितेको डिसेम्बर २१ देखी चिनको उहान सहर बाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै बिश्वको विभिन्न राष्ट्रहरुमा पुगेको छन ।।

विश्वभरिमा हरेक देश कोरोना जस्तो महामारी संग लडाइँ गर्ने गर्दै छ्न तर हाम्रो देशमा नेपालमा कोरोना संक्रमण संख्या हालसम्म ५७ छ्न तब पनि हाम्रो देशको विद्वानहरु कोरोना भाइरस जस्तो महामारी संग लडाइँ गर्नुको सट्टामा देशमा राजनीति लडाइँ लडन तयार भइरहेको छ्न । के अमेरिक, इटली ,भारत अन्य देशहरु नेपाल भन्दा कमजोर हो र कि उनीहरू अहिलेसम्म दिन रात कोरोना जस्तो महामारी संग लडाइ गर्ने गर्दै छ्न तर हाम्रो देश नेपाल यस्तो महामारी पनि राजनीति युद्ध सुरु गर्नु शोभा दिदैन । लकडाउनमा पनि सडक तताउने पार्टी सिलेट छुट्याउनु उचित होईन ? महामारी संग लडनुको सट्टामा सडक तताउने शोभा दिदैन ।

WHO ले भनेको थियो यस्तो महामारीमा पार्टी गत हिसाबले नसोच्नु होला यश महामारी सबै पार्टी प्रतिनिधि र जनताहरु मिलेर मात्रै यश संकटकाल समय लाई मात्रै जित्ने सक्नुहुन्छ किनभने जहिले सम्म भ्याक्सिन निक्ल्दैन तब सम्म यो महामारी बाट बच्ने मात्रै विकल्प घरमा बसेर लकडाउन पालना गर्नु नै पार्छ ।यस्तो महामारी संग लडाइँ गर्नु मा” एक अर्को ब्याक्ती माथि औंला ठड्याउनु शोभा दिदैन किनभने यो महामारीमा एकलै सरकार ले जतिसुकै काम गरे पनि पूरा हुन सक्दैन ” त्यसैले हामी सबै नेपाली जनता र पार्टीप्रतिनिधि मिलेर नै मात्रै हामी कोरोना जस्तो महामारी लाई मात दिन सक्छु । त्यसैले भन्छु यस्तो आपतकालीन समयमा सडक तताउने , राजनीतिक भिडन्त गराउनु र जनता लाई सडकमा उत्रने कुरा शोभा दिदैन । कोरोना भाइरस “एक ब्याक्ती बाट अर्को ब्याक्तीमा सजिलो संग सर्न सकिन्छ ” त्यो कुरा थाहा भए पनि सडक तताउने शोभा दिदैन ।

यदि एक ब्याक्तीमा कोरोना संक्रमण देखियो भने यस्तो आन्दोलनमा त्यो ब्याक्ती छ भने फेला पार्‍यो भने हामीले ठुलो मानव धनजनको क्षति हुनसक्छ । त्यसैले अहिले देखि नै सचेत हुनुहोस नेता जि हरु किनभने जनता नै यस्तो महामारीमा संक्रमीत भए अनि तपाईंहरु पनि संक्रमीत नै फेला पर्नु हुन्छ त्यसैले कोरोना भाइरस बाट आफू बचाउ र अरुलाई बचाउनु होस् ।

प्रतिक्रिया दिनुहोस