निजगढमा न सामाजिक दुरी, न मास्क,व्यापारीले समेत राख्दैनन् स्यानिटाईजर

निजगढ :- कोरोनाको जोखिम कम गर्न सामाजिक दुरीको महत्वपूर्ण भूमिका रहन्छ । सामाजिक दुरी कायम राख्नु नै कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय हो । करिब एक मिटरको दुरीमा मात्रै मानिसहरुसँग हिँड्नको लागि आग्रह गर्ने गरिन्छ । त्यसैले त्यही अनुसारको दुरी कायम राख्नु नै सामाजिक दुरी हो ।

तर, बाराको निजगढ नगरपालिकाको विभिन्न स्थानमा सञ्चालित तरकारी बजार तथा खाद्यान्न पसल व्यवस्थित नपाएको पाइएको छ ।

निजगढ नगरपालिकामा हाल तरकारी तथा खाद्यान्न बिक्री भइरहेको स्थान प्राय व्यवस्थित छैन । तरकारी व्यापारीले नगरपालिकाले तोकेको स्थानभन्दा बाहिर रोडमै बसेर पनि तरकारी बिक्री गरिरहेका थिए । निजगढ चोक नजिक रोडको ठाउँ ठाउँमा व्यापारीले अव्यवस्थित रुपमा तरकारी बेचिरहेका छन ।

बुधबार बिहान तरकारी बजार पुग्दा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए । न सामाजिक दुरी कायम गरिएको छ न सबैले मास्क नै लगाइएको छन ।

व्यापारीले काहि कतै साबुन पानी र स्यानिटाईजर समेत राख्ने गरेको पाईएको छैन । जोखिम बढ्यो भनेर नगरपालिकाले नगरपालिकाका रहेका दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न विक्रेताका पसलहरु सुरक्षित बनाएर बिहान ६ बजे देखि बिहान १० बजे सम्म मात्रै खोल्ने निर्णय गरेको थियो तर पसल, बजारको अवस्था झनै नाजुक देखिएको छ ।

यहाँ आउने प्राय नागरिकहरुले नत माक्स लगाएका छन्, न कुनै दुरी पालना गरेका छन् ।
कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा त्रास बढेसँगै सामाजिक रुपमा स्वतस्फूर्त एउटा अनुशासन हो । सामाजिक दुरी भनेको भीडबाट मानिसलाई टाढा राख्नु हो । एकै ठाउँमा जम्मा हुनबाट जोगिनु नै कोरोनाबाट बच्ने उपाय हो ।

प्रतिक्रिया दिनुहोस