क्वारेन्टाइनमा बसेकी युवती प्रेमीसँग भागेपछी

निजगढ :-

निजगढ नगरपालिकाका–१२ कोलगाउँस्थित सरस्वती आधारभूत विद्यालयमा क्वारेनटाइन बसेकी एक युवती हराइन्।

क्वारेनटाइनमा दिदी फूलमाया लुङबासँगै तीन बहिनीलाई एउटै कोठामा राखिएको थियो।  बेलुकीको खाना खाएर सुतेकी फूलमायाको बिहानपख निद्रा खुल्यो। हेर्दा बहिनी त्यहाँ थिइनन्। ढोका खुल्लै थियो। उनले शौचालय गएकी होलिन् भनेर एक छिनसम्म बाटो हेरिन्। खोज्दै शौचालय पुगिन्।

बहिनी नभेटिएपछि मनमा चिसो पस्यो।  उनले क्वारेनटाइन सुरक्षामा खटिएका केपी धमलालाई फोन गरिन्। धमला फोन गरेको एकछिनपछि थाहा पाएपछि त्यहाँ पुगे। क्वारेनटाइनमा रहेकी युवती राति हराएको भन्दै खैलाबैला सुरु भयो। धमलाले वडा अध्यक्ष ज्ञानबहादुर गोलेलाई खबर गरे। यताउती खोजतलास गरियो। उनी भेटिइनन्।

वडा अध्यक्ष गोलेले प्रहरीलाई पनि खबर गरे।  धमलाले जुक्ति लगाए। उनले को–कोसँग कुरा गर्छिन् भनेर दिदीलाई सोधखोज गर्दा गाउँकै कुरा मामा घरमा आएका युवकतिर सोझियो। त्यो रात उनी पनि मामा घरमा भेटिएनन्।  उनलाई फोन सम्पर्क गर्ने प्रयास सुरु भयो। नचिनेका कुनै पनि नम्बरको फोन उनले उठाएनन्।

धमलाले अर्को जुक्ति झिके–उनकै साथीलाई बोलाएर फोन गर्न लगाए। फोन उठ्यो। साथीले सोधे– कहाँ हो? उनले उत्तर फर्काए–निजगढ कट्न लागेँ। फेरि सोधियो– केटी लगेको हो? उसले भने– अँ सँगै छौं।

रौतहटको मैराका अविवाहित युवककाले क्वारेनटाइमा बसेकी युवती लिएर गएको पक्का भएपछि धमला प्रहरीसहित उनको घरमै पुगे। उनीहरु त्यहाँ पनि भेटिनएन्। फर्कने क्रममा उनीहरुलाई पूर्वपश्चिम राजमार्गको धन्सार पुलछेउबाट नियन्त्रणमा लिइयो।

युवकलाई ईलाका प्रहरी कार्यालय निजगढको राखियो भने महिललाई गौरीशंकर क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ। क्वारेनटाइनमा राखिएको युवती हराएको घटनालाई गोप्य राख्न खोजिएको थियो।

त्यसैले घटना ढिलोगरस् बाहिरिएको छ। नगरपालिकाको अनुगमन तथा समन्वय समितिको बैठकमा नगर प्रमुख सुरेश खनालले घटनाबारे झुटो विवरण सुनाएको पाइएको छ। उनले बैठकमा युवतीलाई कोलगाउँको क्वारेन्टाइनबाट गौरीशंकर क्याम्पसमा सारिएको जानकारी गराएका थिए। तर, वडा अध्यक्ष गोलले बैशाख ११ राति ती युवती प्रेमीसँग भागेको पुष्टि गरेका छन्।

काठमाडौंमा बस्दै आइकी उनी दिदीबहिनीसँगै तीन दिन हिँडेर बारा आएका थिए। बैशाख ६ मा १२ जनाको पैदलयात्रीको टोलीमा ठेङ्गनदेखि ती युवकसँगै आएका थिए। महिलाको माइती गाउँमा युवकको मामा घर भएकाले सँगै आएको खुलेको छ।  स्वास्थ्य परीक्षण गर्दा फूलमायाको दिदी–बहिनीमा ज्वरो देखिएपछि क्वारेनटाइनमा राखिएको थियो।

पाँच दिनसम्म क्वारेनटाइनमा बसेकी ती युवती जतिबेला पनि फोनमा गफिने गरेकी फूलमायाले बताइन्। ‘फोनमा त कुरा गर्थ्यो तर यसरी एक्लै छाडेर जान्छ जस्तो लागेको थिएन,’ फुलमायाले भनिन्, ‘सँगै पुग्ने हो भनेर सँगै आइयो तर बहिनीलाई नै भगाउला भनेर सोचेको थिइनँ। उनीहरुबीच चिनजान रहेछ मलाई थाहा थिएन्।’  सँगै आएकी बहिनीले छाडेर गएपछि आफूलाई दुःख लागेको फूलमायाले बताइन्। बहिनीले कुनै सल्लाह नै नगरी केटासँग भागेको घटनालाई उनी रुखबाट खसेको जस्तो महसुस गरेको बताउँछिन्।

‘क्वारेनटाईनमा बसेको बहिनी भागेर गएकोले साह्रै दुःख लागेको छ,’ फूलमायाले भनिन्, ‘अरु त मलाई केही छैन्, मलाई त्यस्तो लागेको थिएन एक शब्द नभनि गई।’ प्रहरीले पक्राउ गरेर नियन्त्रणमा राखेका युवकलाई रौतहतको क्वारेनटाइनमा राखिएको छ।

पक्राउ परेका युवकलाई वडा समितिले जिम्मा लिएर क्यारेनटाइनमा राखिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले नेपालयन खबरलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस