कुखुराकाे खाेरमा क्वारेनटाईन,छैनन् वेड विस्तारा

डाेल्पा :- डाेल्पाकाे मुड्केचुला गाउपालीकाले बाेईलर कुखुरा पालन गरेकाे खाेरमा क्वारेनटाईन काे व्यवस्था गरेकाे छ । रुकुम,जाजरकाेट र डाेल्पाकाे सिमानामा त्रिवेणीमा रहेकाे एक कृर्षककाे कुखुरा पालन गरेकाे खाेरमा क्वारेनटाईन निर्णमान गरिएकाे हाे । विश्व मा माहामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस काेभिड-१९ गाउमा भित्रिन नदिनकाे लागि सिमानाकामा क्वारेनटाईन काे व्यवस्था गरिएकाे हाे तर उक्त क्वारेनटाईनमा वेड, विस्तारा नभएकाे त्रिवेणीकाे एक कुखुरा खाेर भित्र भुईमा घाँस विछ्याएर कार्पेट राखिएकाे छ । काठ्मान्डाै,नेपालगन्ज,सुर्खेत लगायतका सहरहरु बाट आएका दुई दर्जन भन्दा वढि विधार्थि तथा स्थानियहरु उक्त क्वारेनटाईनमा खादिएर सुत्ने गरेकाे एक व्यक्तीले बताए ।

सरकारले क्वारेनटाईनकाे पनि छुट्टै मापदन्ड बनाएकाे छ तर ठिक विपरित देखिएकाे छ । सुर्खेत देखि डाेल्पा आएका गाउपालीकामा कार्यरत एक जना लेखापाललाई क्वारेनटाईनमा नराखी सिधै गाउपालीका लिने तर सर्वसाधारणहरुलाई कुखुराकाे खाेरमा राख्ने भन्दै त्यहाँ बसेकाले गुनासाे गरे । स्थानिय सरकारले मापदन्ड अनुसारकाे क्वारेनटाइन नवनाएकाे र डङडङती गन्ध आउने कुखुराकाे खाेरमा क्वारेनटाई बनाएकाे भन्दै यसले अर्काे समस्या निम्त्याउने स्थानिय प्रेम थापाले बताए । यदि काेराेना सगैँ अन्य राेग लागे स्थानिय सरकारले जिम्मा लिनु पर्ने थापाकाे भनाई छ । यस्तै मुड्केचुला गाउपालीका का धेरै जस्ताे वडाहरुमा क्वारेनटाईन काे व्यवस्था गरिएकाे छैन भने हेल्प डेस्कहरुमा पिपिई लगायत स्वस्थ सामाग्रि प्रयाेग नगरेकाे पाईएकाे छ ।

मुड्केचुला साविकाे कालिका गाविसकाे कालिका माविमा तीन जनालाई क्वारेनटाईनमा राखी स्वस्थ चेक गरि घर फर्काईएकाे वडा नं १ का वडा अध्यक्ष भानुभक्त बाेहाेरालेे बताए । अध्यक्ष बाेहाेराले भने साविकाे कालिका गाविसमा हामीले जुनसुकै नाकाबाट गाउप्रवेश गर्नेलाई क्वारेनटाईनकाे व्यवस्था गरेका छाै । अझै मान्छे थपिन सक्ने भएकाेले यस्तै जगदुल्ला र मुड्केचुलाकाे सिमानाका गारापारी र ईलकाे हरियारुखमा हेल्पडेस्ककाे स्थापना गरिएकाे छ भने अन्य ठाउहरुमा खासै कुनै तयारी नगरेकाे स्थानियले बताए ।

रुकुम र डाेल्पाकाे सिमानाका त्रिवेणी वजारमा अतिआवश्यक खाधान्न वस्तुहरु   वसारपसार गर्नकाे लागि स्थानिय तहले आफ्ना मान्छेहरुलाई मात्र सिफारिस दिने गरेकाे स्थानियहरुले वताएका छन ।मुड्केचुला गाउपालीकाले गाउपालीकाकाे डाेजरमा प्रयाेग गर्ने तेल हाे भनी आरा मेसिनमा प्रायेग गर्ने तेल ल्याउन व्यक्तीहरुलाई झुट्टाे सिफारिस दिएकाे खुलेकाे छ । स्थानियहरुलाई अति आबश्यक कामकाे लागि जादा आउदा अनाआबश्यकका कुरा गरेर सिफारिस नदिने गरेकाे एक स्थानियले बताए । एक स्थानियले भने आफ्नाे लागी हामी आफै कसरी सुरक्षीत हुने सबै थाहा छ तर सबै जनतालाई स्थानिय सरकारले समान व्यवहार गर्नु पर्ने बताए । यस्तै मुड्केचुला गाउपालीका का विभिन्न ठाउहरुमा तयार गरिएका क्वारेनटाईन मापदन्ड भन्दा विपरीत भएकाे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता लिलराज राेकायाले बताए । सरकारले क्वारेनटाईनकाे व्यवस्थापनकाे लागि रकम छुट्याएकाे छ तर यहाँ वेडविस्तारा मा भने खासै व्यवस्था नभएकाे राेकायाकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस