काठमाडौमा अलपत्रपरेका २ सय ५० मजदुरलाई खड्का र बोहराले गरे उद्दार

रामेछाप – लकडाउनका कारण काठमाडौमा अलपत्र परेका लिखु तामाकोसी गाउँपालिका
वडा नम्बर ३ धोबि ,५ नाग्दह ,७ तिल्पुङका नागरिकलाई पुष्कर खड्काले र सुबास बोहराले गाडीकाे व्यवस्था गरी घर पठाएका छन् काेराेना भाइरस (काेभिट १९ ) संक्रमणकाे जोखिमबाट जाेगिनका लागि सरकारले चैत ११ गतेबाट लागू गरेकाे लकडाउनका कारण विभिन्न कामकाे सिलसिलामा काठमाडौमा आएर बसेका लिखु तामाकोसी गाउँपालिकाका २५० भन्दा बढि मजदुरलाई ६ वटा गाडीको व्यवस्था गरेर घर पठाएकाे खड्काले जानकारी दिए । लकडाउनकाे समयमा आवातजावत बन्द भएसगै काठमाडौमा डेरा गरि बसेकाहरु विभिन्न समस्या झेलेर बसिरहेका बेला खड्का र बोहराले उपत्यकामा फसेकाहरूलाई गाउँ आउन गाडी पासकाे व्यवस्था गरेसँगै उनीहरुलाई घर जाने गाडीको व्यवस्था खड्काले मिलाइदिएका हुन्।
अझै पनि काठमाडौंमा अलपत्रपरेका मजदुर पठाउन निरन्तर लागि परि राखेको खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस