किम सामान्य अवस्थामा फर्कदैं

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाको रहस्य झनै गहिरिदै गएको छ । १२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका भनिएका नेता किमको स्वास्थ्यबारे सल्लाह दिन चीनले एक टोली प्योङयाङ पठाएको छ ।

शल्यक्रियापछि उनको अवस्थालाई लिएर प्रश्न उठ्ने गरेको छ । यसैक्रममा चीनका केही सामाजिक सञ्जालहरुमा कोरियाली नेता किमको मृत्यु भएको अलग अलग दाबी भाइरल बनेका छन् ।

चीनमा किमको मृत्युको खबर भाइरल बनिरहँदा जापानमा भने उनी हिँडडुल गर्न थालेको समाचार बाहिरिएको छ ।

रोयटर्सले चिनियाँ टोली पठाएको उल्लेख गर्दै सो टोली पठाउनुको उद्देश्यबारे केही बताउन नसक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस