मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन वैशाख ३१ सम्म लम्ब्याउने तयारी

काठमाडौं :- संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकको तयारी अघि बढेको र बैठकमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकमा उच्च स्तरीय समन्वय समितिको सुझाव अनुसार लकडाउन अवधि एक साता थप गर्ने निर्णयसमेत हुनसक्ने जनाइएको छ ।

त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो । सरकारले पछिल्लो पटक थपेको म्याद सोमबार सकिदैंछ ।

प्रतिक्रिया दिनुहोस