अनाधिकृत रुप मा नेपालयन खबरको प्रेस कार्ड बनाइएको प्रती नेपालयन खबरद्वारा प्रेस विज्ञप्ति

मिति २०७७/०१/१२
                         प्रेस विज्ञप्ति
नेपालयन खबर सत्यतथ्य समाचारको खोज गर्ने एक डिजिटल पल्याट्फर्म हो । हामीले हाम्रो यस अनलाइन पत्रिकामार्फत विभिन्न खोज मुलक , रोचक तथा विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रदान गर्दै आइरहेका छौ ।

हाम्रो टिम क्रियाशीलता साथ अघि बढेको छ । छोटो समयमा विभिन्न अनलाइनहरुको भिडमा हाम्रा पाठकले दिनु भएको साथ तथा हामी प्रती देखाउनु भएको माया प्रती हामी कृतज्ञता प्रकट गर्दछौ ।

बिश्वभर यति बेला कोरोनाले भयावह अवस्था सृजना गरेको छ । नेपाल मा पनि दिन प्रती दिन यस महामारी फैलाएको छ । यस दु:खद घडीमा हाम्रा सम्पूर्ण शुभेच्छुक , कर्मचारी एवं हाम्रा पाठकहरु लाई विशेष ख्याल राख्दै यस महामारी बाट जोगिन अनुरोध गर्दछौ । अहिले नेपाल सरकारले पनि नेपालमा संक्रमण फैलिन कम होस् भन्ने उद्देश्यले लकाडाउन को घोषणा गरेको छ ।

यस परिस्थितिमा नेपालयन खबरको नाम बेचेर अत्याधिक मात्रमा प्रेस कार्ड मनोमानी ढंगले छापेको खबर पाएका छौ । यस प्रती हामी सम्पुर्ण नेपालयन खबर परिवार घोर आपात्ती जनाउँदै यहाहरु मा के कुराको अवगत गराउन चाहान्छौ भने हामीले हाम्रो टिम बाहिरका कुनै पनि व्यक्तिलाई प्रेस कार्ड प्रधान गरेका छैनौ।
हाम्रो संस्था को नाम लिएर अनैतिक ढंग बाट प्रेसकार्ड बनाएर यदि कोहि कसैले यस्तो गलत कार्य गरेको छ भने हामी कारबाहीको प्रक्रियामा अगाडि बढने कुराको जानकारी गराउदछौ ।

यदि कसैले हाम्रो नाम बेची कहिकतै अनैतिकता देखाउदै हुनुहुन्छ भने तुरुन्तै कारबाही दायरा ल्याएर प्रचलित कानुन बमोजिमको सजाय दिइने छ।

कोहि कसैले हाम्रो संस्था को प्रेस कार्ड बोक्नु हुन्छ भने त्यो अधिकार हाम्रो यस संस्थामा आवद्ध कर्मचारी को मात्र पुर्ण हक छ ।

हाम्रो टिममा १० जना क्रियाशील सदस्य छौँ र अहिले विभिन्न व्यक्तिले हाम्रो अनलाइनबाट प्रेस कार्ड बनाएको पाएका छौँ । हाम्रो टिम भन्दा बाहिरकोले कसैले पनि कार्ड बनाएर नेपालयन खबरको नाम बेचेर अनैतिक काम गरेको पाईएमा हाम्रो टिम जिम्मेवार हुनेछैनौ।

(यदि कसैले कार्ड बनाउनु भएको छ भने आजको दिन देखि ३ दिन भित्र हाम्रो नेपालयन खबरका अध्यक्ष भावगत भट्टराई ज्यु संग सम्पर्क गरि फिर्ता गरिदिनुहोला । ९८४७८३०७१७)

नेपालयन खबर टिम
अध्यक्ष
भागवत भट्टराई
प्रवन्ध निर्देशक
नवराज जिएम
प्रधान सम्पादक
अबिसेक डाँगी
सल्लाहकार
सविन प्रियासन
रविन वली
प्रकाश शर्मा
संवाददाता
पुर्ण केसी (मुस्कान)
आशिस केसी
कमल पोखरेल
सन्जिब जंग कार्की
एवं
नेपालयन खबर सम्पूर्ण परिवार,नयाँ बानेश्वर, काठमाडौ ।

प्रतिक्रिया दिनुहोस