सिमा क्षेत्रमा खटिएका प्रहरी माथी भारतीयको आक्रमण

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयद्वारा आक्रमण भएको छ ।

नेपाल भारतबीचको आवतजावत रोक्न धनगढी उपमहानगरपालिका–२ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलबार भारतीय नागरिकद्वारा आक्रबाट भएको हो ।

भारततर्फका वनगाउँका थारु समुदायका नागरिकले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । आक्रमण किन र के कारणले गरिएको हो भन्ने खुलेको छैन् ।

आक्रमणबाट एक प्रहरी घाइते भएका छन् । उनको आँखामा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस