पार्टी फोड्ने यस्तो छ प्रचण्डको अन्तिम तयारी

काठमाडौं :- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय सदस्य तथा सांसदहरुसँग सहकार्य गरेको उच्च स्रोतले जनाएको छ । नेकपाका अध्यक्ष प्रचण्डले केन्द्रिय सदस्य तथा सांसदहरुसँग सहकार्य गर्न आन्तरीक गृहकार्य थालेसँगै पार्टी फुट्ने पक्कापक्की भएको जानकारहरु बताउँछन् ।

प्रचण्डले १९४ केन्द्रिय सदस्य र ५८ जना सांसदसँग सहकार्य गरिसकेको स्रोतले जनाइएको छ । जसअनुसार नेकपा पार्टी फुट्नु स्वभाविक बनेको छ । यसका साथै प्रदेश १,२,३,४,६,७ का प्रदेश सांसदहरु समेत फुट्ने सम्भावना भएको स्रोतले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्यो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

कोरोना भाइरस कोभिड(१९ को महामारी विरुद्ध लड्नुपर्ने बेलामा अध्यादेश आएकाले अध्यादेश गलत भएको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम प्रती नेकपा भित्रकै नेताहरु असन्तुष्ट थिए । जुन बेलाबेलामा सरकारको आलोचना गरिरहेका थिए । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार आलोचित भएको हेर्न नसकेर अध्यादेश ल्याएको जानकारहरु बताउँछन् । नेकपा भित्रबाटै भइरकेको आलोचनाको अन्तिम रुप दिन ओलीले अध्यादेश ल्याएको स्रोतले जनाए ।

स्रोतका अनुसार केही समय पछाडी ओली राजिनामा दिने सोच बनाएका छन् । ओलीले राजिनामा दिई पुनः प्रधानमन्त्रीको निर्वाचन गराउने योजनान बनाइसकेका उच्च स्रोतले जानकारी दिए । यस सम्बन्धी ओलीले राष्ट्रपतिसँग समेत कुरा मिलाईसकेको जनाएको छ ।

ओली पुनः प्रधानमन्त्री बने २ वर्षसम्म कसैले पनि हटाउन सक्दैन । संबैधानीक व्यवस्था अनुसार प्रधनमन्त्री बनेको २ वर्ष सम्म अविस्वासको प्रस्ताव ल्याउन सक्दैन । फलस्वरुप २ वर्ष सम्म प्रधानमन्त्रीको पद ओलीको नाममा फिक्स हुनुको साथै एक दलीय शासन चलाउन पाउने पक्कापक्कि हुन्छ ।

प्रतिक्रिया दिनुहोस