आमासँग राजेशको बालापन र जवानी

आज मातातिर्थ औंशि अर्थात आमाको मुख हेर्ने दिन । हिन्दु परम्परा अनुसार आज को दिन आमाको विशेष ख्याल गरि मिठो मिठो परिकार खुवाउने तथा आमा को गुणगान गाउदै मनाइने विशेष दिन को रुप मा लिने गरिन्छ ।

आमा भएका हरु आज आमालाई प्रसन्नता दिलाउने काम गर्दै, आफुलाइ अति भाग्यमानी ठान्दै यो दिनमा रमाइरहेका हुन्छन् ।

अझ भनौ पछिल्लो केही समय यता सामाजिक संजाल मा तस्वीर राख्दै आमाका महिमा गाउने प्रचलन पनि बढेको छ । तर आजकै दिन सामाजिक संजाल मा गुणगान गाउदै मा मात्र हुदैन ।

त्यस्तै आमा नहुने हरु नजिकैको मठ मन्दिर मा गइ आमाका स्मृतिमा पुजाआजा गर्ने , पुराना तस्बिर हेर्दै याद गरिरहेका हुन्छन् ।

मातातिर्थ औंशिको अवसरमा नेपाली चलचित्र क्षेत्रका महानायकको रुप मा परिचीत राजेश हमाले पनि आफ्नी ममतामय आमा संग आफ्ना जवानी र बालापनका केही तस्वीर सामाजिक संजाल मा राख्दै “प्रिय आमा ! तिमी मेरो मुटुमा छौ ” लेखेका छ्न ।

यो संगै उनले मातातिर्थ औंशिको शुभकामना पनि दिन भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस