मुख्यमन्त्री राउतका पर्सा प्रतिनिधि शेख समिर पक्राउ

दिपक चौरसिया/वीरगंज :
संघीय समाजवादी पार्टी पर्साका नेता एवं मुख्यमन्त्री लालबाबु राउत गद्दीका पर्सा जिल्ला प्रतिनिधि शेख समिरलाई प्रहरीले हिजो राती छापामारी गरी पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले बुधबार बेलुकी वीरगंज २ छपकैयास्थित उनको निवासबाट पक्राउ गरेको हो ।

घरमा बसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा, अपराध नियन्त्रण तथा क्वीआरटी टोली गरी करिब चार दर्जन भन्दा बढी प्रहरी परिचालन गरी पक्राउ गरिएको स्थानियहरुले बताएका छन् ।

घरको मुल गेटको ताल्चा लगाई घरभित्र बसिरहेको अवस्थामा छिमेकी सन्तोष क्षेत्रीको घरको छतबाट हाम फालेर प्रहरीले समिरको घरभित्र प्रवेश गरी गेटको ताल्चा फुटाएर उनलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘४०—४५ जनाको संख्यामा युनिफर्म तथा सादा पोसाकमा आएका प्रहरीले चारैतिरबाट घर घेरा हालेर उनलाई नियन्त्रणमा लिएको हो ।

बाहिरबाट ताल्चा लगाएर घरभित्र बसीरहेको अवस्थामा ताल्चा फुटाएर समिरलाई पक्राउ लगेको हो,’ स्थानिय प्रत्यक्षदर्शी मुन्ना शेखले भने, ‘लकडाउनले गर्दा हामी बसमा बसीरहेका थिए, कोहि घरबाहिर निस्कन पाएनन् तर के कारणले पक्राउ गरेर लगेको हो भन्ने बारेमा खुलाएनन् ।’

मुख्यमन्त्री योजनाको पर्सा जिल्लाको सम्पूर्ण रेखदेख समिरले नै गर्दै आएका छन् । मन्त्रालयबाट आएको चिठ्ठीको आधारमा समिरलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी रहेको छ । “पक्राउ गरिएका समिरलाई बिहिवार राजस्व अनुसन्धान कार्यालय पथलैया लगि रहेको,” प्रहरी स्रोतले भने “तर कुन मुद्धामा पक्राउ गरिएको खुल्न नसकेको” बताए ।

यस सन्दर्भमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत संग जानकारी लिंदा आफुलाई सो बारेमा जानकारी नभएको प्रतिक्रिया दिए । त्यसैगरी पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीसंग सम्पर्क गर्द यो सम्बन्धमा आफुलाई जानकारी नभएको र एसपी साहेब संग सोध्नु भनि गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया दिए ।

यता पर्साका प्रहरी उपरिक्षक गंगा पन्तलाई बारम्बार फोन सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन । यो घटना लुकाउनमा प्रहरी प्रशासन लागेको स्थानियबासीहरुको आरोप रहेको छ । स्रोत एपी खबर

प्रतिक्रिया दिनुहोस