अनेरास्ववियूद्बारा विद्यार्थीलाई खाद्य सामाग्री वितरण

दाङ :- अनेरास्ववियू दाङले अध्ययनको लागि वहिरी जिल्ला बाट आइ कोठा भाडामा र आफ्नो गृह स्थल जान नपाई खाद्य सामाग्रीको अभाव भएका विद्यार्थीहरुलाई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको छ । अनेरास्ववियू दाङका सह संयोजक सर्जन परियार सर्जन परियार को पहलमा केन्द्रीय आयुर्वेद क्याम्पस,जनता क्याम्पस र तुलसीपुर वरिपरिका शैक्षिक संस्थामा अध्ययन गर्ने आएका विद्यार्थीहरुलाई तुलसीपुर उपमहानगरपालिका संग समन्वय गरि वितरण गरिएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वली,विजोैरी उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम नाथ योगी, प्राकार महासंघ दाङका सह सचिव गोकर्ण पोैडेल लगाएतको उपस्थिति रहेको थियो । अनेरास्ववियु दाङका सह संयोजक सर्जन परियारले कुनै पनि विद्यार्थीलाई भोकै हुन नदिने जानकारी गराउदै जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियू भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस