राहत बाँड्ने विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाका मेयरले गरे कुटपिट, विद्यार्थी युनियनले निकाल्यो विज्ञप्ति

त्रिभुवन बिश्वबिद्यालयमा अध्यनरत विद्यार्थीलाई लकडाउन समयमा राहत वितरण गर्ने समाजवादी विद्यार्थी युनियनका सचिव तथा त्रिविमा अध्यनरत विद्यार्थी हेमराज थापालाई कीर्तिपुर नगरपालिकाको मेयर रमेश महर्जनले कार्यकक्षमा बोलाएर कुटपिट गरेका छन् । थापालाई कार्यकक्षमा बोलाएर महर्जनले कुटपिट गरेका हुन् ।
थापाले त्रिविमा अध्यनरत हजारौं विद्यार्थीलाई बिभिन्न संघसंस्था संग सहयोग मागेर राहत वितरण गरेका थिए । राहतको लागि नगरपालिका संग समेत समन्वय हुँदा विद्यार्थीलाई राहत वितरण गर्न नसकिने जानकारी दिएको थियो ।
राहत जम्मा गरेर बाँड्ने विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैठकमा बोलाएर गुण्डाहरु परिचालन गर्दै निर्घाट कुटपिट गर्दै कीर्तिपुर नछाडे ज्यान मार्ने धम्की दिएका छन्  । लगत्तै थापाको कोठामा प्रहरीले घेराहाली उहाँको भाइबहिनीमाथि समेत दुर्व्यवहार गरेकोछ । उहाँलाई मानवअधिकारकर्मीले उद्धार गरी एभिन्युज टेलिभिजनसम्म पुर्याएका थिए ।
घटनाको बिषयमा समाजवादी विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।
प्रतिक्रिया दिनुहोस