आमाको मुख होइन, माया हेरौं 

आमा, सुन्दै कति प्यारो लाग्ने शव्द । किन यति प्यारो छ यो शव्द । संसारमा एउटामात्र पाइने, आमा ।भगवानको अर्को रुप,आमा । जस्को महिमा गाएर कहिले सकिँदैन । उनी यति प्यारी छिन् । वर्णन गरेरै सकिदैन। कति धेरै निस्वार्थ माया गर्न सकेकी ।

ममताकी खानी हुन् , आमा । आफ्ना सन्तान लागि मर्न पनि तयार हुन्छिन् । आमा सच्चै तिमी महान भन्दा महान् छौँ । संसारकै पबित्र सम्बन्ध आमा , आफ्ना सन्ततिका लागि के सम्म गर्न पछि हटदिनन । सच्चै उनी बहादुर छिन् ।

आमाको बारे जति शव्द कोरे पनि कमि नै हुन्छन् । किनकी उनी अमुल्य छिन् । एक पिउसो लाई जन्म दिन २७० दिन आफ्नो पेटमा हुर्काउन पाउँदा हुरुक्कै हुन्छिन ।
आफ्नो शरीरभरिको दुखाइ लाई खुशी मा परिणत गर्न सक्ने उनि साच्चै बहादुर छिन । पीडा त उनलाइ कति धेरै हुन्छ होला तर आफ्नो मुटुको टुक्रा सम्झी कति धेरै माया गर्छिन् ।

पेटमा लात्ताले हान्दा उनी हर्षित हुँदै मुस्कुराउछिन । जब उसलाइ आफ्नो हाड फोडेर सारा संसार देखाउन सफल हुन्छिन उनी निकै दङ्ग परेकी हुन्छिन । एकटक उसलाई हेरिरहन्छिन , मुस्कुराइरहन्छिन।

उ तातेताते गर्दै हिड्न सुरु गर्छ झन धेरै खुशी हुँदै पल्ला घरे काकी लाई सुनाउछिन । कसैको आँखा लाग्ला भन्दै कालो गाजल को सानो टिकि लगाइदिन्छिन । पिठ्युँ मा बोक्दै साहु को मेलापात जान्छिन । उ ठूलो हुने आसामा दिनरात उसैलाइ स्याहारसुसार गरिरहन्छिन ।

जब उ स्कुल जाने हुन थाल्छ । उ साथीहरू संग स्कुल जाने बाटो हेरिरहन्छिन । साझ पर्छ आत्तिन्छिन किन आइपुगेन उ भन्दै बाटो कुरिरहन्छिन । जब उ आउँछ आफू भोकै भए पनि उस्लाइ बनाइ दिएको खाजा खुवाउन पाउछिन । एकदम धेरै खुशी हुन्छिन् ।

छोरो ठूलो हुन्छ । खुशी को सिमा नै हुदैन । मन मा विभिन्न सपनाहरु बुनिसकेकी हुन्छिन । खाइ नखाइ जम्मा गरेको पैसा ले उस्को कर्म गरिदिन्छिन । उ जागिर खान शहर हिड्छ । अत्तोपत्तो हुदैन । पैसा त झन के आश गर्नु । तै पनि छोरो आउने आश मा आमा कुरिरहेकी हुन्छिन ।

बर्षौ पछि आइपुग्छ बुहारी लिएर । तैपनी यतिका बर्ष पछि मुख देख्न पाउँदा सारै खुशी हुन्छिन उनी । बुढेसकाल बढदै जान्छ । उनी दिन प्रतिदिन कमजोरी हुँदै जान्छिन । बुहारी ले उनलाइ साझ बिहान कराउन थाल्छे । उ आउछ उनी मख्ख पर्छिन । उ चाहिँ हात सामतेर उनलाइ बृद्धआस्रम पुर्याउछ ।

तैपनी भेट्न् आउँछ कि भन्ने यहि झिनो आश मा दिन गन्दै बसिरहेका हुन्छिन । कहिले कोहि आउदैनन । एक दिन बिहानै आस्रम मा खैलाबैला मच्चिन्छ उता छोरो टुप्लुक्क आइपुगेको हुन्छ यता उनी संसार छोडी सकेकी हुन्छिन ।

उ रुन्छ । आमा भन्छ । तर उनी सधा को टाढा भैसकेकी हुन्छिन ।

( मातातिर्थ औंशीको अवसर मा समुर्ण माताहरु प्रती नमन )

प्रतिक्रिया दिनुहोस