पार्टी स्थापना दिवस, गणतन्त्रको कत्लेआम

काठमाडौं:-  संसारमा कम्युनिष्टहरुको प्रभाव कमजोर भएको बेला लोकतान्त्रिक निर्वाचनमार्फत कम्युनिष्ट पार्टीलाई झण्डै दुईतिहाई बहुमतको साथ सत्तामा पुर्याएपनि सदियौँदेखिका गरीब सर्वहाराका चाहनालाई पूरा गराउनुपर्ने दायित्व निर्बाह गर्न नसकी आफ्नो सत्ता टिकाउन संसार यस्तो चक्रब्युहमा फस्दा समेत पटक पटक आफ्नै ताल्को डम्फु बजाइ रहने यो सरकार र सत्ता संचालक हरुलाइ अब चिन्नै पर्दछ ।

बिस्वभरिका कम्युनिष्टहरुको आपसी अन्तर्द्वन्द्वका कारण कहिलेपनि सत्तामा जान सक्दैनन् भन्ने मानक बिस्वभरी बनिसकेको बेला नेपालमा भने तमाम जनताको बल बुताले कम्युनिष्ट एक्लै सरकार बनाउन र चलाउन सक्दछन् भनी हामिले गरेको बलिदानिको आज नराम्न्ररी उपाहास भएको छ ।

रद्दिको टोकरिमा पुगिसएको प्रचण्डको जंगलिबादलाइ नेकपा एमालेले काखी च्यापे सँगै मैले नेकपाको भन्डाफोर जरुरी भयो जुटौं भन्दै आएकै हुँ ! आज देस जनता र सिङ्गो रास्ट्रलाइ नेकपा एमाले मा बिबेक भएका कोहि भए भन्नोस के हुँदै छ देसमा ??
मलाई राम्ररी थाहा छ कि पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए।५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो।

भनिन्छ- ७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो। यो हाम्म्रो चाहाना थिएन , अँह पटक्कै थिएन !
मलाइ अलिअलि थाहा छ कि २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको संघार
२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन (झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस)
पन्चायत फाल्न लागेका सिपि मैनाली र पन्चायत सहित भारतिय बिस्तार्बाद फाल्नु पर्छ भनेर छुट्टै अभियान चलाउने
मोहनविक्रम सिंह बिच दुई समूहको गहिरो ध्रुवीकरण ४८ वर्षसम्म रह्यो यी केका लागि थियो ??
२८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटे दुईचार पटक जुटे पनि।
०२८ सालमा केपी शर्मा ओली झापाली समूहको सक्रिय यूवा नेता थिए।

उन्लाइ सिलोक र माक्स लेलिनका बुक्स का कथा बेथा भाब धारामा आउथे तर पनि त्यत्रो बुट पेलाई र जेल सडाइले उन्लाइ माटो सुहाँउदो राजनिती अझै आएको देखिदैन हैनर ? भनिन्छ नि बसाहा गोरु को ढाट सिमालिको सिर्केनु खाने आदत परिसकेको हुन्छ जब थचक्क बस्दछ जति कुटेनी सिर्केनु सकिन्छ तर गरु बरु ढाड तन्काउछ तर अँह उठ्दै उठदैन , उठाउनलाइ हलिले पुछर डढाउन वा तिघ्रा मा सियो रोप्न बाद्य हुन्छ नकि अगाडि गै थुतुनो थिची स्वासप्रस्वास बन्द गर्न !
पार्टी_स्थापना_दिवस_को_दिन आज सम्झनै पर्दछ कि
२०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन त्यसपछी झापा विद्रोहबाट माले हुँदै एमालेसम्म का गठजोडयात्रा ! अँह म चाहेर पनि भुल्न सक्दिन !

पुष्पलालको निधनअघि नै उनी निकट रहेका मदनभण्डारी,वामदेव गौतमजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह किन बनाएका थिए ??

उता झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाउदै थिए ।
त्यतिबेला सम्म यी दुबै समूहमात्रै थिए, पार्टी बनिसकेका थिएनन्। दुबै समूह मिलेर २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए। त्यसैले एमालेको इतिहास झापा विद्रोह हुँदै ३५ सालको पार्टी निर्माणपछि सुरू हुन्छ।
मैलेत केवल पढेको मात्र हुँ तर जति अद्ययन्मा डुब्छु उति दिक्क लाग्छ कि यो सदियौं देखिको जुट र फुटले तमाम किसान गरिब र निमुखालाइ के दियो ? यहि प्रस्नले मानसिकतामा घन्ट बजाउदछ !
उता०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी बनाउछन उनि पनी त देस नै बनाउन लागेका थिएनी हैन ??

साह बंसको पैलो गल्ती

सुधारिएको पञ्चायत वा बहुदल रोज्न राजा वीरेन्द्रले गराएको जनमत संग्रह थियो तर मनमोहनले बहुदलका पक्षमा चुनावमा भाग लिए। नेपाली कांग्रेसलाई साथ दिए।
जनमत संग्रहमा नेकपा मालेले भने बहिष्कार गर्‍यो यानी सिपि मैनाली टिमले बहिष्कार गर्यो !

पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाए। २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बन्यो।
२०४६को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सिपी मैनालीको माले र ससाना
समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो यहाँ नेर कोड गर्नुहोला है ((काँग्रेस सँग मिल्यो )) जसले पछि नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो। आन्दोलनमात्र गरेन साम्यवादको लक्ष्य छोडेर कांग्रेससँगै संसदीय व्यवस्थामा प्रतिस्पर्धा गर्न उत्रियो। <<< हेर्नोस कम्युनिस्ट ।

जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि मनमोहन र सिपी मैनालीको पार्टीबीच एकता भयो। एकतापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो। महासचिवमा मदन भण्डारी छानिए।
यो पार्टीले बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरी समाजवादतर्फ जाने नयाँ सिद्धान्त बनायो।
२०५० जेठ ३ गते मदन भण्डारीको हत्या गरियो !

अब म अगाडिका  श्रींखला यहाँ पस्कन चाहन्न दुनियालाइ जग जाहेर छ । आज कम्युनिस्ट_पार्टी_स्थापना_दिवस_

आज अब घरभित्रको रोधन्मा तिर लागौं
ऎन महरले हजारौं को हुल सहित खाद्यान्न बाँड्दा लकडाउन उल्लंघन नहुने यो देसमा एउटा ज्ञानेन्द्र शाहिले आफ्ना दुईचार जना साथीहरू जम्मा पारी खाध्यान्न बाँड्दा कसरी लकडाउन उल्लँघन भयो? ओलि बा साच्चिकै हिट्लर नै बन्न खोज्नु भएकै हो ? यदि साही ले गलत गरेकै हुन भने के गलत गरे प्रमाण सहित सार्वजनिक गरि कानुन बमोजिमको आबस्यक कार्बाही गर!कुनै किसिमको अपराध गरे जस्तो त लाग्दैन त हामीहरुलाई त , किन गिरफ्तार गरेको ? यति सोधेका हौं !

सरकारले ८० करोड रुपियाँको राहत बाडी सक्यो रे , प्रत्येक परिवार लाई १ हजारको दरले राहत बाँडेको भएपनि ८ लाख घर परिवारले राहत पाएको हुन पर्दछ ,
तर वास्तविकता हेर्दा राहत जति सबै आफ्नै आफन्त , कार्यकर्ता , भोट बैंक लाई मात्र वितरण भएको छ , गरीब डेरावाल र सडकमा सुत्ने राहत लिन जाँदा नागरिकता लिएर आऊ , भोलि आउ पर्शी आऊ भनिएको पाइयो। जाबो पाँच किलो चामल पनि पारदर्शी हिसाबले वितरणमा गर्न नसक्ने सरकारलाई कुर्सिमा बस्न पटक्कै सुहाउँदैन मिल्दैन हैनर ?

आज सामाजिक संजाल्मा पार्टी स्थापनाको ठूलो आधिँहुरी देखिन्छ मैले पनि देख्दा लेखौ लाग्यो ओहो कस्तो देस कस्तो समाज अनि कस्तो दिन आयो नेपाल्मा !?? कस्ता सासक आए कस्ता शासन ल्याए अनि के गर्न खोजिएको होला यो देसमा म बडो अचम्ममा परेको छु !!

अन्त्यमा

हिजो देसका कुना कन्दराका घुपडी देखि आज सिहदरबार सम्मको यात्रामा नेपाल कम्युनिस्ट पार्टीले आफुलाई पाएको अवसर सबै आसेपासे र धन्दुकारिमै खपत गरेर सकाउने निस्चित गरेको छ | राजा, राणा लगायतका शक्ति संघर्षमा क्रीयाशिलहरुका कथाका बाछिटाका छिटपुट घटना बाट पाठ सिक्दै जानुको साटो आज नेपाल्का कम्युनिस्ट भनाँउदा गलगाँढहरु यस्तो अवसरमा पनि गलत ठाउमा उभिन पुगे सफलताको यहि बिन्दु बाट पछाडि नहटी अगाडि बढनै पर्ने चुनौती र अवसर दुबै थियो यिनिहरुसँग अझ नेपाली जनताले अवसरै अवसर दिलाएका थिए |

प्रचन्ड जस्ता अपराधी जनताका हत्याराले कत्लेआमको निर्भिक सफाय जनताले दिनै लागेको यो सुबर्ण बेला पनि यो समयलाई यिनिहरुले चिनेनन अँह चिन्दै चिनेनन ! आज भन्नै पर्दछ कि कतै अब ह हामीले पनि यस्तै प्रण गर्ने दिन त आएन कि यो कम्युनिस्ट पार्टिको स्थापनाको दिन बाटै लाल झन्डा त्यागौं र निरङ्कुसता रोजौं ! , ३६ साल भन्दा अगाडि बाटै भित्री रुपमा देसको कत्लेआम गर्दै आएका प्रचन्ड लामो समय पार्टीको नेतृत्व गर्दै देशको पटक पटक प्रधानमन्त्री भैसकेका निकम्मा नेता क. माधब नेपाल ,क झलनाथ खनाल सहित ओलिलाइ हामिले ताली र पुस्प गुच्छाले स्वागत गर्ने दिन देख्न आतुर यी आँखा अब बिस्तारै थाक्दै गएका छन ।

देसको बागडोर उर्जावान नौजवान्लाइ दिई हामिले उनिहरुलाई फिड्ब्याक र प्रोत्साहन दिन अब लाग्नु पर्दछ भनी सोच्न यिनिहरुको दिमाग्मा अँह पटक्कै आएन , कैलेई आएन ! अब पनि दोस्रो पुस्ता ले यिनिहरु सँग सत्ता खोस्न हजारौंको बलिदानी गर्न पर्ने स्थिती आउने प्राय निस्चित देखिन्छ इतिहासले पुन एक पल्ट त्यसै गराउने हो भने यो लगभग ७० बर्सलामो पार्टि स्थापना दिवस को महत्व र उपदेस के ??

आज बिभिन्न कित्ताका झुन्डिएर सिङ तिखार्न उद्दत नेताहरुले परिवर्तनका लागि अब छुट पाउने अवस्था अँह छदै छैन पटक्कै किमार्थ छैन । आज यस्तो पबित्र दिन्मा तात्कालिन कम्युनिस्ट सुभचिन्तक्को नाताले यिनिहरु एकजुट भै समग्र पार्टी पंक्तिलाई बोक्ने ताकत भएका नेता भन्नू पर्ने थियो तर माफ गर्नुहोला कुलङ्गार ब्यभिचारी हरु भन्न बाद्य भएको छु , आजको दिनमा देस हाक्न यिनिहरुलाइ दिब्यज्ञान प्राप्त होस , मार्क्स को पथ र यो लेलिन जयन्ती मनाउन पृथ्वीनारायण साहको सालिकलाइ छाथिमाथी कुल्चने यी अपराधिहरुलाइ चिन्दै देसको भाग्य र भबिस्य बनाउन यो दिनले एउटा ईतिहास रचोस सुभकामना !!
खतिवडायोगेन्द्र।
रेगिस्थानबाट ।

प्रतिक्रिया दिनुहोस