ज्ञानेन्द्र शाहीलाई ६ महिना कैद हुनसक्ने 

लकडाउनको उल्लंघन गरेको आरोपमा प्रक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने तयारी गरेको छ ।

शाहीले बिना पास लकडाउनमा विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले मंगलबार राती ललितपुरबाट नियन्त्रणमा लिएको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार सरकारको एकद्धार प्रणाली विरुद्ध समन्वय विनानै राहत बाँडिरहेको तथा ललितपुर प्रजिअलाई अश्लिल शव्द प्रयोग गर्दै मेसेज म्यासेज गर्ने गराउने गरेको लगायतका अमर्यादित गतिविधि गरेपछि ज्ञानेन्द्र शाहीलाई प्रक्राउ गरिएको हो ।

शाहीलाई पक्राउ गर्नु अघि प्रहरीले साँझ ७ बजे शक्तिराज शाहीलाई पनि प्रक्राउ गरेको थियो ।शाहीलाई सा’इबर क्राइम अन्तर्गत पनि कार्वाही हुनसक्ने यसबारेमा आफूहरुले अनुसन्धान गरीरहेको एसएसपी राईले बताएका छन् ।

संक्रामक रोग ऐनको अवज्ञा गरेमा एक महिनादेखि ६ महीनासम्म कैदको सजाय हुने कानुनि व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस