‘जिम्मेवारी’

आँखा हरु सितिमिति मानिरहेका हुदैनन् । जबर्जस्ती बिउँझेको हुन्छु । श्रीमति भन्छे एक छिन सुत न तिमी पनि, मेरो त आखै खुलेको छैन ।

निर्दयी मन बनाउनु कसरी , काम गरिन भने साझ पख मेरा बालबच्चा लाई के खुवाउला , मन मा सधै यहीँ चिन्ता ।

हिजो काम को थकान ले होला शरीर दुखिरहेको छ । तै पनि सबेरै भाले बास्ने बेला हुने लाग्यो भन्ने थाहा पाउँदा बित्तिकै जुरुक्क उठि सधै जस्तै आफ्नो नित्य कर्म तिर लाग्छु ।

गोठमा भैंसी कराउँदै खाने कुरा माग्न सुरु गरिहाल्छ । म निर्दयी हु जस्तो लाग्छ धेरै । उस्को बच्चा को आहार खोसेर मैले मेरा बच्चा पाल्नको लागि उ प्रति स्वर्थ बोकेको छु । पाप त धेरै लाग्छ होला नि ।

उस्का स्तनहरु निचोरेर आफ्नो भाडो मा हाल्दै कराउछु , “आज अल्लि थोरै दियो, बेचिदिन्छु अनि थाहा पाउछस।”
अलि केही बेर मै दूध बोकेर बेच्न पुग्छु ।

पाडो ले श्राप दिएछ क्यार , दुध बिक्री नभएर बाटोमै पोखिदिएर घर फर्किन्छु खाली हात ।

छोरो आश गर्छ । आज बाबा ले के ल्याइदिन्छ भनेर , म निकै पीडामा छु । उस्ले बुझोस कसरी ?
रुन सुरु गर्छ । बल्लतल्ल फकाउछु बच्चा न हो ।

श्रीमती सङ्ग धेरै कुरा गर्नु मन छ । तर नलाएक बनु कसरी ? आज किन निरास देख्छु उ भन्छे । हैन त्यस्तो खास केही छैन भन्दै टारिदिन्छु ।

बिचरी उस्ले बुझी छ सायद छेउ मै आएर भन्छे, किन आत्तिएको सबै को यस्तै भएको हो क्यारे! कति न तिमि लाई मात्र भएको हो र ? दुखी नबन ।

उ खाना पस्किन्छे । दिउँसो लाई खानु भन्दै पोको हात म थामाउछे । दिउँसो को लागि घर मा यसो उसो गर्नु भन्दै म काम तिर लाग्छु ।

तर अभागी जता गए पनि ठक्करै ठक्कर भने जस्तै कुन्नी के भाइरस आयो रे । आज देखि खै कहिले सम्म काम ठप्प हुने पो भन्छन् ।

उता बिहान बिहानै दूध बाटो भरि फालेर आउनु पर्यो , यता काम बन्द भैहाल्यो ! अब के गरु म ।
साच्चै मर्नु न बौलाउनु भएको छु ।

साझ लाई जुहो कसरी गर्नु भन्ने चिन्ता लाग्न थाल्यो ।
म नखाउला । पानी खएरै भए पनि भोक मेटौला ।तर उ बिचरि के गर्ली । झन बिहान को खाना मीठो भएन भन्दै खाना फ्याल्ने कसरी भोकै बस्ला, छोरो । आफू लाइ सोचेरै पागल जस्तो आभाष हुन थाल्यो ।

हर्के आइ पुग्छ, राहत दिने रे । सरकार ले राहत पो देको छ रे भन्दै कोलाहल मच्चाएको सुन्छु ।
अब कतै बाट आउने आश नदेखिए पछि म बोरा बोकेर राहात माग्न जान बाध्य हुन्छु ।

खै कति करोड पो सरकार ले राहत छुट्याइएको छ रे भन्ने सुनेको । त्यही आश बोकेर केही दिन लाई जुहो हुने जति मात्रै पाए भने पनि अन्य कुनै विकल्प खोजिहालौला भन्ने मनसाय थियो ।

अहो राहत को थुप्रो देखियो । अलिक मन प्रसन्न भयो । यति भए त केही दिन लाई हुन्छ जस्तो लाग्यो । तर रैछ २ किलो चामल, १ पोका नुन मात्र ।

नल्याउ भने साझ लाई छैन । ल्याउ त कति दिन लाई पुग्छ । म मौन भए । केही सोच्नै सकिएन ।
त्यही २ किलो चामल र १ पोका नुन दिदा पनि निकै महँगो फोन हो भन्दै थिए ,सेल्फि खिचेर लगे ।

निरास हुँदै घर फर्किनु बहेक के नै विकल्प छ म संग ।
बाटो मा हिड्दै थिए । सबै म तिर हेरिरहेका छ्न । मैले कुनै ठुलै अपराध गरे कि २ किलो चामल र १ पोका नुन ल्याएर जस्तो पनि लाग्यो ।

कोहि हासिरहेका थिए त । कोहि एकटक हेरिरहेका थिए । मैले एक जना सोधिहाले । के भयो म बाट केही गल्ती त भएन ?

तर कुरा अर्कै रहेछ म त भाइरल पो भएको रैछु । कुहिएको २ किलो चामल पनि नछाड्ने जनता भन्दै मेरो फेटो खै के के मा राखिदिएका रहेछन् ।

रहर हैन बध्यता छ मलाइ । तर मेरो बध्यता माथी पनि मजाक बनाइएको रहेछ । कुहिएको होला भन्ने मैले हेक्कै नराखी बोकि आएको थिए । रात झिसमिसे परिसकेको थियो घर नपुग्दै बुढी लाई कस्ले खबर पुर्याइ सकेको रहेछ ।

आँखा भरी आँसु संगाल्दै मेरै बाटो कुरि रहेकी रैछ उ ।
निकै माया लाग्यो उस्को । दया लाग्दो मलिन अनुहार पारेकी थिइ । आफैले आफैलाइ धिक्कार्न मन लाग्यो ।

मेरो मनोबल घटाउन चाहादैन थि उ । मुसुक्क हास्दै हात मुख धोएर आउ , अब खाना खाउ भन्छे । छोरा अघि नै खाएर सुतिसक्यो । म तिमी लाई कुरिरहेको ।

घर मा केही थिएन । म भर्खर आउदै छु । कहाँ बाट ल्याइ होलि म अच्चम मा परे । छरछिमेक मा पनि गरीबी कारण खासै आवातजावत नै थिएन । मन ले मान्दै नमाने पछि सोधी हेरौ जस्तो लाग्यो । कहाँ बाट ल्याकी यी सबै भनेर सोधी हेरे । एकछिन रिस पनि उठ्यो ।

उ मुसुक्क हास्दै भन्छे तिमी ले मलाइ बेला बेला मा दिएको पैसा मैले खर्च नगरी खुत्रुके मा जम्मा गरेकी थिए । यो तिम्रै मेहनत हो । शंका गर्नु पर्दैन ।

जिम्मेवारी आफू मा मात्र छ भनेर हरेस नखाउ ,जुन दिन तिमी लाई आफ्नो ठानेर सबै त्यागेर तिम्रो भए, त्यो दिन देखि नै तिम्रा हरेक सुख दुख मा मैले साथ दिने प्रण गरेकी छु । सुखदुःख जे परे पनि सङसङै मिलेर गरौंला । तिम्रो म छु । मेरो तिमी ।अनि हाम्रो हेर त ! कति मायालु छोरो । उ भन्छे ।

प्रतिक्रिया दिनुहोस