यौन जीवन कसरी सुखद बनाउने ?

यौन अपरिहार्य छ । श्रीमान श्रीमती को सम्बन्धलाई प्रगाढ बनाउन यौनले महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ । यसको सहि ज्ञान आम: मानिसमा भयो भने झन फाइदाजनक हुन्छ ।

अहिलेको समयसम्म आइपुग्दा पनि खुलेर यौन बारे परिवार सङ्ग कुराकानी राख्न सकिरहेको अवस्था छैन । यसको प्रत्यक्ष असर किशोरकिशोरी हरु मा परेको छ । खुलेर कुराकानीका गर्न नसक्दा कति भ्रमहरु उनी हरु झेल्न बाध्य भएका छन् । आफू मा आएको समस्यालाइ  समेत उनी खोल्न चाहादैनन । यसले गर्दा उनी हरु लाई सधैंका लागि स्वास्थ मा असर पर्न पनि सक्छ ।

यौन बारे खुलेर आफू भन्दा जानेबुझेका ब्यक्ति सङ्ग ज्ञान् लिदा पक्कै यसले राम्रो शिक्षा दिन्छ । विभिन्न समस्या उत्पन्न हुन पाउदैन । यो अति नै महत्त्वपूर्ण एवं फाइदा पुग्ने विशेष विषय पनि हो ।

यौन बारे जानकार सबै उमेर समुहका महिलापुरुष हुनुपर्छ । अझ विशेष वैवाहिक बन्धन मा बाधिएकाले यो कुरा मा निकै ख्याल पुर्याउनु जरुरी छ । यौन बारे सम्पुर्ण ज्ञान लिन आवस्यक छ ।

भनिन्छ हरेक समस्या ओछ्यान बाट नै सुरु हुन्छ । यौन जीवन सुखद हुन सकेको अवस्थामा सम्बन्ध मा खट्पट नहुने, स्नेहको भाव पैदा हुने जस्ता तथ्यहरु विभिन्न खोज एवं तथ्यांकहरुले प्रष्ट परिसकेका छ्न ।

यौन लाई कतिपय शारीरिक क्रिडा सङ्ग मात्र जोडने गर्दछ्न । यो नै ठूलो भुल हो । आफ्नो पार्टनर लाई खुशि तथा यौन जिवनलाइ सुखद बनाउनको लागि भावनात्मक कुरा हरु लाई पनि विशेष ख्याल गर्नुपर्छ । यौनको बेला मात्र नभई हरेक कुरा मा आफ्नो पर्ट्नरलाइ प्रेम स्नेह प्रकट गरिरहनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस