समाजसेवी गुरुङको सक्रियता, सडकमा गाडी रोक्ने देखि घर घरमा राहतको पोका बोक्न सम्म

काखमा स-साना बालबच्चा बोकेकी आमा र लौरी टेक्दै आएका बूढाबुढी लगाएत हिड्दै आएर अलपत्र परेका हरुलाइ सम्बन्धित ठाउँ नै पुग्ने गाडीमा राखेर हजारौंको उद्दार गरि सकेको गुरुङले अझै अलपत्र पर्ने हरुलाइ सडकमा गाडी रोक्न देखि आफ्नो गाउपालिकाको प्रत्येक चुलो नबलेको वडा र घर घरमा रहतको पोका पुर्याउन समेत भ्याएकि छ्न

कोरोनाको महामारीले विस्वमै उग्ररुप लिन थाले पछि नेपाल सरकारले पनि २०७६ चैत १०देखि ७७बैशाख ३ सम्म पहिलो चरणको लक डाउन घोषणा गरेर सबै लाई यथास्थानमै रहन सुचित गरेको थियो। दुई हप्ता पछि खुल्छ र काम गरौला भनेर आशावादी बनेको मजदुरहरुलाइ पुन दुई हप्ता लकडाउन थपिए पछि भने महासंकट आइलाग्यो। उनिहरु बेबारिसे भए ठेकदार र साहुले दिएको सिमित पेस्की पनि सकियो गाडी भाडा पनि भएन भाडा भए पनि गाडी पाएनन। भोट माग्न आउदा चिल्लो कुरा गर्ने आफ्नो जनप्रतिनिधि लाई पनि सबैले सम्झिए कसैको फोन उथेन त कसैले यस्तो अबस्थामा एक जिल्ला बाट अर्को जिल्ला कसैलाइ आउन नहुने सरकारी निर्णय सुनाए अनि निरीह हुदै काठमाडौं लगायत जिल्लाबाट हिँडेरै तराई र पश्चिमका विभिन्न जिल्ला आफ्नो गन्तव्य तय गरे रोडमै सुते रोडमै ढले रोग सार्छ भनेर गाउलेको कुटाइ खाए ठाउँ ठाउँमा पुलिसको पिटाइ र यातना खादै निल डाम भोग प्यास अनेकौ पीडा बोकेर धादिङ हुँदै चितवन टेकेको मजदुरहरुको यो दृश्य जब कांग्रेस बाट निर्वाचित इच्छाकामना गाउपालिकाको अध्यक्ष गिता गुरुङले देखिन उनी भावुक मात्रै भैनन पीडित मजदुरहरु संगै आंखामा आँसु बगाउन पुगिन। अनि खाजा र खाना खुवाउने देखि सडकमा गुड्दै गरेका गाडी रोकेर जो जस्लाइ पाएक पर्ने ठाउँ वा घरसम्मै पुर्‍याउने काममा वैशाख ३गते देखि उनी लागि परेकी छन्।

‘काखमा स-साना बालबच्चा बोकेकी आमा र लौरी टेक्दै आएका बूढाबुढी लगाएत हिड्दै आएर अलपत्र परेका हरुलाइ सम्बन्धित ठाउँ नै पुग्ने गाडीमा राखेर हजारौंको उद्दार गरि सकेको गुरुङले अझै अलपत्र पर्ने हरुलाइ सडकमा गाडी रोक्न देखि आफ्नो गाउपालिकाको प्रत्येक चुलो नबलेको वडा र घर घरमा रहतको पोका पुर्याउन समेत भ्याएकि छ्न। धादिङको सिमाना मोवाखोला,फिस्लिङ र मुग्लिन बजारको राजमार्गमै बेलुकी ६ बजे सम्म बसेर अलपत्र मानिसहरुको उद्दार गरिरहेकी उनको सामाजिक संजालमा समेत खुव चर्चा भैरहेको छ।

प्रतिक्रिया दिनुहोस