सकारात्मक सोच्दा आत्मबल बढ्छ

दिनको संकेत बिहानिले गर्छ भने जस्तै सकारात्मक सोचाइ राख्दा आत्मबल बढ्ने एक अध्यनले देखएको छ । जुन सुकै कुरा पनि सकारात्मक ढंगले लिदा त्यसको परिमाण पनि राम्रै हुने बिज्ञहरुको ठहर छ ।

आत्मबल लाई उच्च राख्नुको प्रमुख कारण भनेको आत्मसन्तुष्टि हो । यदि मन भित्र भएका कुविचारको अन्त्य गर्न सक्ने हो भने यसले प्रत्यक्ष मस्तिष्कलाई स्वस्थ हुन मद्दत गर्दछ । यो एउटा आत्मबल बढाउने तरिका मात्र नभई , यसले सुखी जीवन बनाउनलाइ पनि महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ।

कतिपय गलत नियत भएका मानिसहरु पशु सरह घृणित व्यवहार गर्ने गर्छन् तर यो उसको गल्ती नभएर उस्को सोचाइ गलत हुन जादा उस्लाइ हरेक कुरा जस्तैः छरछिमेक, आफन्तजन, मान्यजन इत्यादि हरेक को सामु आफू लाई नै पतन बनाइरहेको हुन्छ । गलत नियत ले गर्दा ।

यसरी सबै बाट पतन हुँदा उसको आत्मबल निकै कमजोर हुन जान्छ । बिस्तारै उसको बेचैनी बढ्दै जान्छ । यस्तो बेला जोकोही डिप्रेसन को सिकार पनि बन्न सक्छ । सारा इज्जत , नातागोता सबै माटो मा मिल्न सक्छ । नकारात्मक सोचको प्रभावका कारण ।

यदि तपाईं मा सोच्ने क्षमता राम्रो छ । तपाईं अरु प्रती सकारात्मक ढंगमा प्रस्तुत हुनुहुन्छ भने पक्कै तपाईंलाई केही कुरा मा पनि बेफाइदा हुँदैन । फाइदा नै हुन्छ ।तपाइँको हरेक कुराले तपाईंलाइ आत्मसन्तुष्टि प्राप्त भइरहेकै हुन्छ । तर यो कि गलत र सहि को प्रभाव कस्तो भनेर बुझ्न जरुरत पर्दछ ।

अहिले मुलुकलाई कोरोनाको प्रकोप सङ्ग सामना गर्नु परेको छ । दिनहुँ ज्यान गुमाउने को संख्या बढिरहेको छ । यस्तो बेला एकदम धेरै सघाउ पुर्याउछ, मनोबल , आत्मबल उच्च राख्नुले रोग सङको लडाइँलाई पराजित गर्न ।

आत्मबल उच्च राख्ने मानिसहरु पुर्ण रुप मा निको समेत भएका छ्न । त्यसैले यो समय भनेको मन सानो हैन आत्मबल बढाउने कार्य गरौ । सकारात्मक सोचौ, आत्मबल बढाउन सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस