परिवारलाई समय दिनुहोस्

अहिले बिश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ महामारीको रुपमा फैलिएको छ । मानिसहरु दिन प्रती दिन त्रसित बनिरहेका छ्न । यसमा पनि कतिपय झुठा खबरहरुले दैनिकी मा नै असर पुर्याएको छ ।

अहिले नेपाल सरकारले पनि नेपालमा लकडाउनको घोषणा गरेको छ । यस बाट केही हदसम्म भए पनि संक्रमितको संख्या बढ्न नपाउदा हालसम्म नेपालमा यसले ठूलो महामारीको रुप लिन सकेको छैन । संक्रमितको संख्या बढेको भए पनि ३ जना संक्रमीत निको भएर घर फर्किसकेका छन् ।

नेपालमा लकडाउन भए संगै ज्यालादारी काम गरेर छाक टार्नेहरुमा प्रत्यक्ष असर पुगेको छ । विभिन्न ठाउँमा काम गर्न गएका हरु अलपत्र परेका खबर पनि दिनहुँ आइरहेका हुन्छन् । त्यि मध्य कति लाई सरकार तथा स्थानीय सरकारले घर सम्म पुर्याउन सहयोग पनि गरेको छ ।
शहरी रहनसहन अहिले पुर्ण रुपमा सुनसान बन्दै गएका छ्न । लकडाउन हुनु पुर्व नै शहर छोड्नेहरुको घुइँचो निकै ठूलो संख्या मा थियो, त्यस कारणले पनि अहिले विभिन्न ब्यस्त शहरका गल्ली , चोकहरु सबैतिर सुनसान बन्दै गएका छन् ।

यो बन्दाबन्दीको समयमा कतिपय मानिसहरु बन्दा कोठा भित्र बस्नु पर्दा छट्पटी को शिकार बनिरहेका छ्न । मनमा विभिन्न कुरा हरु उत्पन्न हुदा दिनप्रतिदिन मानिसहरु बेचैनी भैरहेका छ्न ।

दिनरात काट्नै हम्मेहम्मे परिरहेको छ यतिबेला । आर्थिक देखि लिएर विभिन्न संकट सङ्ग सामना गर्नु पर्दा सुख मन पनि होस् कसरी ?

तर जब कि आफ्नो ज्यानै छैन भने आखिर यी सब के का लागि? यो कुरा लाई आत्मसात गर्नु अत्ति नै आवश्यक छ यो परिस्थितिमा ।

सबै कुरालाई टाढा राख्दै परिवार संग सुख दुख , माया ,प्रेम साटासाट गर्नु पर्ने खास मौका पनि हो यो ।
ब्यस्त जीवनकालमा घरमा परिवारलाई के कस्तो छ ?उनिहरु लाई के कुरा मा मन बुझेको छैन । त्यि कुरा मा हामी ले ध्यान पुर्याउन सकिरहेका हुदैनौ, यस कारण गर्दा पनि कतिपय सम्बन्ध बलियो हुन नसकेको हुन सक्छ ।

त्यसैले अहिले को अवस्थामा हामी परिवारका सदस्य सङ्ग नजिकिएर हरेक सुखदुःख साटासाट गर्दै आफ्नो आत्मबल लाई बढाउन अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस