सुरक्षित रहन सांसद शंकर गिरिको अपिल

दाङ :- प्रदेश नम्बर ५ का सांसद शंकर गिरिले कोरोना भाइरसबाट सुरक्षित रहन सबैमा अपिल गर्नुभएको छ । नेपाली काङ्ग्रेसका नेता समेत रहनु भएका सांसद गिरिले आज एक अपिल जारी गरि कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले जारी गरेको लकडाउन पुर्ण रुपले पालना गर्न आह्वान गर्नुभएको हो । राहत बितरनलाइ थप प्रभाबकारी तथा पारदर्शीता कायम गर्नुपर्ने आबश्यक्ता औल्याउँदै गोरिले भन्नुभयो यो परिस्थितिमा जनप्रतिनिधिको भुमिका प्रभाबकारी देखिने र कर्तब्य पनि भएकाले आबश्यक ठाउमा उचित राहत सामाग्री उपलब्ध गराउनका लागि हिड्ने मात्र नभई दौड्नु पनि पर्दछ । दाङको राजनितिमा बुद्धिजीवी र स्पष्ट बक्ताको परिचय बनाउनु भएका नेता गिरिले जनप्रतिनिधि तथा राजनितिकर्मिहरुले राहत बितरन तथा अन्य गतिविधि गर्दा लकडाउनको भावना र मर्मलाइ पुर्ण पालना गर्दै सामाजिक दुरि कायम गर्न समेत अनुरोध गर्नुभएको छ । प्रतिस्ठा र लोकप्रियता आर्जन गर्ने भन्दा पनि समग्र मानव कल्याणमा समर्पित हुने भाबका साथ बिपन्नहरुलाइ जनप्रतिनिधि र राज्यको महसुस गराउने गरि समाजसेवामा लाग्न अपिल समेत गर्नुभयो । राजनितिक आस्थाको आधारमा नभई एकताका साथ लाग्न जनप्रतिनिधि लगायत सबैमा नेता गिरिले अनुरोध समेत गर्नुभयो । साथै उहाँले लकडाउन घोषणा देखी नै प्रहरी प्रशासन, स्वास्थ्याकर्मी तथा सन्चारकर्मिहरुले निर्बाह गरेको भुमिकाप्रती धन्यवाद ज्ञापन गर्दै यो भुमिकालाइ निरन्तरता दिन अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस