भोट हाल्ने बेला टिकट काटेर बोलाउने, अहिले मर्न आट्दा पनि नसुन्ने ?

काठमाडौं :-  विश्वभर फैलियको कोरोना भाइरसले यतिवेला मानव समुदायको निमित्त आतङ्क बनेको छ । अांखाले देख्न नसकीने साना किटाणुले यतीवेला विश्वका शक्तीसाली देशको मुटु हल्लाइ दिएको छ । चीनको वुहानबाट शुरु भएको कोराना भाइरसले दुइ सय भन्दा बढी देशमा संक्रमण गरीसकेको छ । कोरोना संकमणबाट एक लाख भन्दा बढीको संख्यमा ज्यान गइसकेको छ भने १७ लाख बढी संक्रमीत छन । चीनले नियन्त्रणमा लिइसकेको छ भने अमेरीका,इटाली,स्पेन,फ्रान्स, जर्मनी भारत जस्ता देशमा उग्ररुप लिएको छ । आफुलाइ पुजिपति र आणविक बम र हातहतीयारमा शक्तीसाली ठान्ने देशलाई यो स्तरमा पु¥याइदीएको छ । यो महामरी भाइसको अहिलेसम्म कुनैपनि औषधी पत्ता नलागेकोले यो रोग बाट बच्न अन्तीम विकल्क देशले लकडाउन गनुपरेको छ । विश्वनै यतिवेला लकडाउन गर्दा विश्वको अर्थतन्त्र तहसनहस भएको छ ।

कलकारखान, उद्योग, होटेल ,रेक्टुरेन्ट ,मार्केट सवै बन्द छन ।शहरमा बस्दै आएका मानिसहरु गाउँ फर्केका छन भने आफ्नो जिविका पार्जन सुखी जिवको सपाना देखेर विदेशीएका युवाहरु कोही स्वदेश फर्कीसकेका छन भने कोही आवतजावत खुलेपछि फर्किने तयारीमा छन । यतिबेला कोरानको प्रभाव नेपाल पनि परेको छ । अहिले सम्म कोरोनाको रोगको औषधी पत्ता नलागेको अबस्थामा लकडाउन नै अन्तीम उपाया थियो र नेपाल सरकारको यो निर्णयलाइ आम जनताले स्वागत योग्यनै मान्नु पर्छ । तर यो महामारी संकटमा सरकार बाट जुन जनतालाइ दिनुर्पर्ने राहात , सेवा सुरक्षा जस्ता कुरा केही हुन नसक्नु विडम्बना हो ।
सरकारको काम र कर्तव्य प्रति सामाजिक संजालमा चौतर्पी बिरोध हुन थालेको छ । यतिबेला रोजगारीको लागी विदेशीएका मजदुरहरुलाई रोगले भन्दा भोगले मरिन्छ भन्ने चिन्ताले पिरोलेको छ । लकडाउनले गर्दा सवै काम गर्ने कम्पनिहरु बन्द हुदा कम्पनिहरुले तलब र खान नदिएकोले मजदुरहरुले रोग र भोगको सामना गर्नुपरेको छ । मर्नुपरेनी अरुको देशमा मर्नुपर्ने भयो भनरे मनमा मानसीक रोगले डेरा जमाएको छ ।

कतार,साउदी,दुवै,कुवेत, र भारत लगाएत मजदुर गर्न गएका विभीन्न देशमा मजदुरहरु अलपत्र परेका छन । हिजो निर्बाचनमा भोटको लागी विभीन्न राजनितीक पाटीहरुले टीकट सम्म हालेर नेपाल बोलाएका थिए भने एक ठाउँ बाट अर्को ठाउ जान गाडीको ब्यवस्था गरेका थिए । खोलो तरेर लौरो बिर्सर्ने नेपालको राजनितीले गर्दा । न देशमा परीवर्तन भएको छ न जनताका समस्याहरु समधान भएका छन । बरु यसले गर्दा राजनैतिक दल प्रति आक्रोश अविश्वास मात्र पैदा भएको छ । धेरैल जसो कम्पनिहरुले तलब नदिदा मजदुरहरुलाई खान बस्नको समस्या भएपछि विभिन्न संचार माध्यम बाट आफ्ना नागरीक लैजा सरकार हामी भोकले मर्न लागीउ भन्दा पनि स्थानीय सरकार र केन्द्र सरकार ल्याउन मिल्दैन भन्दै जिम्मेवारी बाट पन्छीरहेको छ कसैले त महाकाली नदीमा हाम फालेर मरेको समचार पनि आएका थिए । किन सरकार कानमा तेल हालेर बसेको छ ?हिजो तिनी जनाता र मजदुरले दिएको भोटले जितेर आज नेताहरु सत्ता र सरकारमा छन । हिजो चुनावमा कम्यूनिस्टले जितपछी कोही भोकै मर्नु पदैन सरकारले घर घरमा ल्याइदीन्छ खानेकुरा भनेर भाषण गर्ने के.पी ओली आज कम्यूनिस्टको बहुमतको सरकारका प्रधानमन्त्री हुनहुन्छ ।

आज प्रधानमन्त्री सीहदरबारबाट फेसबुक र सामाजिक संजालमार्फत भन्नुहुन्छ म घरमा बसेर कोरोना बिरुद्द लड्दैछु तपाइहरु पनि घरमा बसेर लड्नुहोस , विहान विहान राष्टिय गीत गाउनुहोस तालि बजाउनुहोस । आखिर प्रधानमन्त्रीलाइ के थाहा ती दीनभरी काम गरी बेलुका एक छाक खाने मजुरहरुका भोकभोकै बस्नु परेको पिडा । धेरैजसो त भोकले छटपटिएर सडकमा निस्कीन खोज्छन तर पुलीसले लट्ठी लगाएर खेद्छ ती डीउटीमा बसेको पुलिसलाइ केथाहा ति भोकले बाहीर निस्कने मजदुरको पिडा , आखिर देशमा महामरी जैविक विपत वा महामारी रोग, भोक, युद्ध, भय, को संग गरीब र मदुजहरुरले मात्र सामाना गर्नुपरेको छ । गाउँ गाउँमा राहात वितरण गरीएको छ भनिएको छ तर अहिले सम्म जनताले राहात पाउँन सकेका छैनन । जनताका प्रतिनिधीले राहातको नाममा ५ केजी चामल दीएर १० जनाले फोटो खिचेर गरीबहरुको खिल्ली उडाएका छन । राहात लिन आउनेहरुलाई पनि पक्षपात ढंगले हेरीएको छ । भनेर पिडितहरु बताउने गर्छन हिजोमात्र पथरीमा ६८ बर्षको शारीरीक अपांग बृद्ध महिलालाई तपाइ त बृद्धभत्ता पाउने मान्छेले राहात पाइदैन भनेर प्रतिनिधीले खालि हात र्फर्काइदीएका छन । राहतको नाममा कुहिएको चामल र दाल वितरण गरीएको छ । जनताको प्रतिनिधी बाट यस्तो प्रकारको गैरजिम्मेवारीले गर्दा सरकारमाथि प्रश्न उठ्ने गरेका छ ।

यस्तै सरकारले सिंहदरबार बाट कोही जनता भोकै मर्न पर्दैन भनिरहदा मजदुरी गर्न भनेर पश्च्मि बाके बदीर्या,कैलालीदेखी काठमान्डौ आएका मजदुरहरु सिंहदरबार तलबाट भोक भोकै रुदै १५ दिनको पैतल यात्रामा हिडेर घर फर्केका छन । त्यस्तै प्रधानमन्त्रीले म भ्रष्टचार गर्दीन गर्नेको मुख पनि हेर्दीन भनेर बारमबार यी शब्द बोलीरहदा प्रधानमन्त्रीकै विश्वासको पात्र बाट भ्रष्टचार कमिसनका बार्गेनीङ भएका छन भरखरै मात्र कोरोना महामरी रोग नियन्त्रणको लागी स्वास्थ्य सामाग्री चिनबाट ल्याउने क्रमकम स्वास्थ्य मन्त्री र माथिल्लो तहका कर्मचारीको मिलेमतोमा५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपैयाको भ्रष्टचार गरिएको छ प्रधानमन्त्रीको क्याविनेटमा भ्रष्टचारको कुरा उठाउँदा अहिले यी कुरा नगरौ भनेर प्रधानमन्त्री बाट नै ढाकछोप हुन्छ । यस्तो संकटपूर्ण घडिमा जनताले नै तिरको करको सरकार र सत्तामा रहेका ब्यक्तीले खुल्लारुपमा भ्रष्टचार गरेका छन । यसको जफाप एकदीन जनतालाई अवश्यपनि यो सरकारले दिनुपर्नेछ ।

समृद्धी र खुसी नेपाली र शुखी नेपाली नारा दीएको सरकारको पालामा जनताले भ्रष्टचार,कालोबजारी,मंगी, हत्या,हिंसा, बलत्तकार, भोकमारी जस्ता पिडाहरु उपहार पाएका छन । यदि सरकार जनताको पक्षमा काम गर्ने हो भने कोरोनाले निम्त्याहीएका समस्याहरु हरुको समाधान गर्न जरुरी छ विदेशमा अलपत्र परेका मजदुर लाई नेपाल ल्याएर कोरेनटाइनमा राख्ने ब्यवस्था र नियमित उनिहरुको स्वास्थय परिक्षण गरी उनिहरुलाई घरसम्म पुग्ने ब्यवस्था गर्न जरुरी छ कामको शिलसिलामा एक जिल्ला बाट अर्को जिल्ला अलपत्र परेका मजदुरलाई गाडीको ब्यवस्था गरेर घरसम्म पु¥याउनु पर्छ दैनिक ज्याला मजदुरी गरेर खाने परीवारलाई खाध्यान्नको ब्यवस्था अन्य जनताको लागी सुपथ मुल्य पसल खोल्न जरुरी छ । विरामी भएर उपचार गर्न हस्पीटल गएका विरामीलाइ निजि हस्पीटलहरुले उपचार गर्न नमानेर फर्कादीएको छन त्यस्ता खालका निजि अस्पताललाई छानविन गरेर सरकारले राष्ट्रियकरण गर्न आवश्यक छ आम नेपाली नागरीकलाई नेपाली नागरीक भएको अनुभुति सरकारले गराउन जरुरी छ रोगको सामाना गदै गर्दा भोकले जनता मर्नपर्ने अवस्था सृर्जना सरकारले नगराहोस ।
यो विश्व महामारी कोरोना रोगसंग युद्ध लड्दै गर्दा नेपाल र नेपालका राजनैतिक पार्टीहरुले यो महामारी कोरोना रोग बाट पाठ सिक्नु पर्दछ । आफु र आफनो पाटीको स्वार्थ भन्दा माथी उठेर आम नेपाली जनताको सेवा र सुरक्षाको निम्ती राज्यले गरेका गलत कामको भण्डाफोर गर्दै राम्रो कामको सहयोग गदै पत्रकार, राजनितक, दल, जनताबाट निर्वाचित प्रतिनिधि, कर्मचारी, लेखक ,बुद्धिजिवी,कलाकार लगाएत आ.आफ्नो ठाउँबाट मानबजातीको उत्तथानको लागी एक जुट भएर कोरोनो रोगको बिरुद्ध लड्ने सकरात्मक सोच शक्ती मिलोस यहि छ नयां बर्ष २०७७ सालको हार्दीक शुभकामना ।

प्रतिक्रिया दिनुहोस