बाराका माछा पालनलाई भुरा र दाना अभाव

बारा : लामो समयदेखिको लकडाउनले बाराका माछा किसानहरु मर्कामा परेका छन् । लकडाउनका कारण माछाको लागि आवश्यक दाना र पोखरीमा हाल्न भुरा उपलब्ध नहुदा यहाँका माछा किासनहरु मर्कामा परेका हुन् ।

विश्व महामारीको रुपमा फैलियोको कारोना भाईरस (कोभिड १९) बाट नेपालमा स्थानीय र यातायाता बन्दभएपछि माछा पोखरीको लागि आवश्यक पर्ने दानाको अभाव भएको स्थानिय माछा किसान रामअयोध्या चौधरीले बताउनुभएको छ । यातायात संचालनमा नआएपछि आवश्यक मात्रामा माछाको दाना पाईएको छैन् कहि कतै पाएपनि दाम बढि लिने गरेको चौधरीको भनाई छ ।

उहाँले पोखरी वार्षिक भाडामा लिएर माछा पालन गरेकोले पोखरीमा भएको माछालाई दाना, खाली पोखरीमा माछाको भुरा राख्नुपर्ने र बजार समेत प्रभावित भएपछि आफुहरुले यस वर्ष ऋणमा लाग्ने निश्चित भएको बताउनुभयो ।

बारामा कलैया उपमहानगर, कोहल्वी, सिम्रौनगढ नगरपालिका लगायतका क्षेत्रमा मात्रै करिब पाँच हजार परिवार माछापालन व्यवसायमा आवद्ध छन् । यस्तै, उक्त व्यवसायमा करिब १० हजार मजदुर र व्यवसायी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका ज्युदो माछा ब्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगबहादुर साहले जानकारी दिनुभयो ।

ज्युदो र छरि गरी करिब ७० क्विनटल माछा दैनियक यस जील्लाबाट अन्य जील्लामा निर्यात हुदै आएको भएपनि लक डाउनका कारण त्यो घटर ८ क्विन्टलमा सिमित भएकोले पनि यहाँका किसानहरु मर्कामा परेको साहको भनाई छ ।

अहिलेको अवस्थामा राज्यलाई दोष लगाउने कुनै ठाउँ नभएपनि माछाका लागि आवश्यक पर्ने दाना र पोखरीमा राख्न माछाको भुरा डुवानिलाई सहज बनाईदिन सहले आग्रह गर्नुभयो । साथै उहाँले नेपालमै उत्पादित माछालाई प्रोत्साहन गर्ने बेलापनि भएकोले अन्य देशबाट आउने माछालाई तत्काल विस्थान गरी स्वदेशको जीउदो माछाको बजारलाई स्थापन गर्न सरकारसंग आग्रह गर्नुभयो ।

बारामा ६ हजार ७ सय ६८ वटा माछा पोखरी छन् । जसमा विशेषगरी रोहु, नैनी, ग्रास कपन, बिग्रेड जातका माछाहरु उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस