भोजपुरमा गाउँपालिका अध्यक्ष सहित १०६ जना प्रहरी नियन्त्रणमा

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले लक डाउन उल्लघंन गर्ने पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई सहित जिल्लाका विभिन्न ठाउँबाट १०६ जनालाई नियन्त्रणमा लिई कारबाहि गरेको छ । विगत ३ दिनदेखी लग डाउन उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि जिल्लाका विभिन्न ठाउँबाट मानिसहरु धमाधम पक्राउ पर्न थालेका हुन् । बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले  मास्क नलगाई हिडेको अवस्थामा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राइलार्ई भोजपुर सदरमुकाम स्थित चारभञ्जयाग चोकबाट नियन्त्रणमा लिई कारबाहि गरेको हो । अध्यक्ष राई सगैँ प्रहरी नियन्त्रणमा परेका १३ जनालाई चारभञ्ज्याग चोकमा सामाजिक दुरी कायम गरी २ घण्टा कोरोना सम्बन्धि सचेतना गराएर छोडिएको प्रहरीले जनाएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएकोे टोलीले सदरमुकामका विभिन्न स्थानबाट ४३ जना र इलाका प्रहरी कार्यालय तिवारी चारभञ्ज्यागबाट प्रहरी नायव निरीक्षक सन्तोष निरौला नेतृत्वको टोलीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाहि गरिसकेको थियो । प्रहरी कार्वाहिमा परेका सबैलाई पुनः दोश्रो पटक पनि लग डाउन उल्लघंन गरेको पाइएमा संक्रमण ऐन २०२० अनुसार कानुनी कार्वाहि गर्ने जानकारी सहित छोडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस