कोरोना संक्रमणबाट विश्वमा एक लाख २६ हजार भन्दा बढीको मृत्यु

काठमाडौं :- कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख २६ नाघेको छ । बुधबार बिहानसम्म १ लाख २६ हजार ५ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी १३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २५ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको मृत्यु भएको छ । इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस