घरको कौसीमा फलाउन सकिन्छ तरकारी

पुष्पा थपलिया/काठमाडौं :- कौशी वा बरान्डामा गरिने खेतीलाई अहिले शहरी खेतीको नाम दिन थालिएको छ । शहर बजारमा हिजोआज खेतीयोग्य जमिनको कमी हुँदै गइरहेको अवस्थामा यसलाई नयाँ विकल्पका रुपमा हेरिएको छ ।

सँगै शहरी जनजीवन निक्कै नैराश्यताले भरिने मानिसहरुको कार्यव्यस्तताका कारण प्रकृतिबाट टाढिँदै गइरहेको अहिलेको अवस्थामा कौशीको खेत वा बारीले एक त घरमा हरियाली थप्ने काम गरेको छ भने यसले गर्मीको बेलामा घरको तापक्रमलाई कम अनि जाडोका बेलामा न्यानो बनाइराख्ने विश्वास गरिएको छ ।

यस सम्बन्धी भएका अध्ययनहरुले कौशी खेतीले जलवायु परिवर्तनबाट पार्ने नकारात्मक असरसँग जुझ्न समेत मद्दत गर्ने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस