सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरसको पुष्टि, संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं :- काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । द्रूत परीक्षण र पीसीआर प्रविधिको नतिजा मिलेकाले संक्रमण भएको पुष्टि भएको हो ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

र्‍यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । एकै परिवारका आमा, छोरा र बुहारीको पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

त्यस मध्ये आमा र छोरालाई कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । तर, बुहारीको भने पुनःपरीक्षण गरिने भएको छ।

गएको ४ चैतमा बेलायबाट फर्किएका उनीहरुलाई प्रहरीले खोजी गरी अस्पताल भर्ना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस