मन्त्री बस्नेतद्धारा गोरखा अस्पताललाई पिपिई र सर्जिकल मास्क हस्तान्तरण

गोरखां । गोरखा अस्पत्ताललाई पिपिई र सर्जिकल मास्कलाई हस्तान्तरण गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले अस्पतालका अध्यक्ष पुरुषोत्तम अर्याललाई मास्क हस्तान्तरण गरेका हुन ।

अस्पत्ताललाई पाँच सेट पिपिई र ५ सय थान सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो । अस्पत्तालमा गुणस्तरीय मास्क अभाव हुँदा चिकित्सकहरुलाई समस्या पर्दै आएको थियो । यसबाट अस्पत्ताललाई धेरै हदसम्म राहत मिलेको अस्पत्ताल प्रसासनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस